आज फेरी गलकोटमा भीषण असिना पानी,बालीनालीमा क्षति

थम्मन थापा, गलकोट

बागलुङ जिल्लाको गलकोट नगरपालिकामा आज भीषण असिना पानी परेको छ ।

बर्षासँगै परेको असिनाका कारण बालीनालीमा ठुलो क्षति पुगेको किसानहरुले बताएका छन् । मकैका विरुवा, फलफूल, तरकारी र फूल खेल्दै गरेका सुन्तला, कागती, नासपाती, पलम, आरु लगायतमा ठुलो क्षति पुगेको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष टीकाबहादुर थापाले आदर्श अनलाइनलाई जानकारी दिए ।

असिना पानीले गल्कोट क्षेत्रका अधिकांश स्थानहरूमा क्षति पुराएको छ । जसका कारण यस वर्ष कृषिको उत्पादनमा ठूलै ह्रास आउने देखिएको कृषकहरुले बताएका छन् ।

सोमवार जिल्लाको काठेखोला गाउँपालिकाको वडा नम्बर २ भिमापोखरा र वडा नम्बर ३ धम्जाका बिभिन्न स्थानमा असिना पानीले अन्नबाली र तरकारी खेतिमा ठुलो क्षति पुर्याएको थियो ।

निरन्तर परेको वर्षाले अहिले ग्रामीण क्षेत्र जोड्ने कच्ची सडकहरूमा समेत बिग्रिएका छन् । वर्षा सँगै आएको भलले सडकमा खाल्डा खुल्डी पारेर यातायात आवागमन समेत प्रभावित भएको छ । अहिले लक डाउनको कारण अहिले अत्यावश्यक बाहेकका गाडीहरु चलेका छैनन् । यद्यपि सडक बिग्रे पछि एम्बुलेन्स, खाद्यान्न ढुवानीमा समस्या हुन थालेको गाडी चालकहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *