बागलुङका ११ हजार परिवारलाई राहत बाडियो

साधना पन्त, बागलुङ ।
बागलुङमा कोरोना भाइसर (कोभिड १९)को न्यूनिकरण सम्बन्धि जिल्ला संकट व्यवस्थापन समितिको समिक्षा बैठक सम्पन्न भएको छ । बैठकमा हालसम्म गरिएका काम र आगामी योजनाको बारेमा छलफल गरिएको थियो ।

बैठकमा कोरोना रोकथाम तथा व्यवस्थापनको लागि सरकारले लकडाउन घोषणा गरेपछि दैनिक जीविकोपार्जनमा समस्या परेका जिल्लाका ११ हजार ६ सय ४४ परिवारलाई राहत वितरण गरिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

मंगलबार स्थानिय तहका जनप्रतिनिधी, प्रशासन, प्रहरी र स्वास्थ्यकर्मीहरुको बैठकमा १ लाख ९९ हजार ५ सय ८२ केजी चामल, मकै र कोदो, १० हजार १ सय ८ केजी दाल, १० हजार ९ सय २६ लीटर तेल, १३ हजार ९ सय पोका नुन र १३ हजार ५ सय ३ वटा साबुन समेत बितरण गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकिय अधिकृत धिरेन्द्र पन्तले जानकारी दिनुभयो ।

बैठकले जिल्लाका १० वटै स्थानिय तहमा मापदण्ड पुगेका एकएक वटा क्वारेन्टिन निर्माण गर्ने र औषधी र स्वास्थ्य सामाग्री व्यवस्थापन गर्ने निर्णय गरेको छ । तेसैगरी बैठकले धौलागिरी अञ्चल अस्पताल बागलुङका डाक्टर प्रदिप श्रेष्ठको नेतृत्वमा जिल्ला स्तरीय नमूना संकलन तथा व्यवस्थापन टिमम गठन गरेको छ । उहाँको टिममा स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौ र अस्पतालकै ल्याब टेक्नोलोजिष्ट सुरज बराल रहनुभएको छ ।

बैठकले जिल्लामा रहेका १३ वटा एम्बुलेन्सलाई कोरोना फ्रेन्डली बनाउने र आबस्यक पर्दा प्रयोग गर्न सकिने बनाउने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *