कोरोना कहर: दुध,पानीको व्यापार कति जोखिम,कति सहज ?

सिर्जना पन्त,बागलुङ

दुध, पानी जस्ता बिषयलाई नेपाल सरकारले अत्यावश्यकीय क्षेत्रमा राखेको त छ । तर,के यस्तो काम जोखिममुक्त छन् त ? कति सरल या भयग्रस्त छ त दुध पानीको व्यापार ? दुग्ध उत्पादक किसान, व्यवसायी र पानीको व्यापार गरिरहेकाहरुको अनुभव जोखिमकै बीचमा मुनाफा प्रेरित भन्दा पनि सेवा भावले काम गरिरहेको अनुभव बढि सुनाउँछन् ।

‘हुन त पहिले भन्दा ७० प्रतिशत ग्राहक घटेका छन्, तैपनि डर त्रासको पारो भने हरेक दिन बढ्दै गएको छ,’ बागलुङ दुग्ध उत्पादक सहकारी संघका प्रबन्धक धरणीधर शर्माले भने–‘चौतर्फी कोरोनाको त्रास छ, तर हामीहरुले अहिले नाफा घाटाको हिसावले भन्दा बढि संकटमा सेवामुखी हिसावले दुध उपलब्ध गराउन छोडेका छैनौ ।’

महामारीको रुपमा उदाएको कोभिड १९ (कोरोना भाइरस) को रोकथाम तथा व्यवस्थापनको लागि सरकारले चैत ११ गतेदेखि निरन्तर लकडाउन गरिरहेको छ । त्रासकै बीचमा सामान्य सचेतता अपनाएर काम गरिरहेका शर्माको भनाई छ ।

‘बानपा ४ कुँडुलेकी युवतीमा कोरोना संक्रमण भएपछि ग्राहकको डर कम गर्न दुध ल्याउन रोक लगाउनु प¥यो, गौडाकोटकी आमालाई कोरोना भएको थाहा हुँदा साथ डुँडियाको दुध ल्याउन रोक लगाउनु प¥यो,’ शर्माले भने–‘ग्राहक मात्र होइन, काम गर्ने साथिहरुलाई मनाउन समेत सुरु–सुरुमा निकै ग्राहो भयो ।’ पहिले साइकलबाट घरघरै दुध पु¥याउदै आएकोमा अहिले आवश्यक सुरक्षा सामाग्री नभएकाले काउण्टरबाट मात्रै दुध बिक्री गर्ने गरेको उनले बताए ।

दुध जस्तै पानी वितरणको काम गर्नेहरुमा पनि डर त्रासमा काम गर्नु परेको बताउँछन् । कतिपय सेवाग्राहीले त पहिले नियमित जारको पानी प्रयोग गरेकोमा अहिले जार राख्न समेत छोडेका छन् । पानीको जारसँगै कोरोना आउने डरले बाहिरको पानी समेत पिउन छोडेका हुन् । ‘दाल चामल, दुध तरकारी किन्न मानिसहरु पसलमै पुग्छन्’ आर.के. टेडर्सका वितरक भुवन कँडेल भन्छन्,’ तर हामीलाई मानिसका घर घरै पुग्नुपर्दा मनमा डर त लाग्छ नि ।’ पहिले पहिले ५ तला घर माथि पनि पानी पु¥याउने गरेकोमा अहिलेको अवस्थालाई हेरेर हरेक घरको ढोका सम्म मात्र पानी पु¥याउने गरेको कंडेलले बताए । कतिले हाम्रो बाध्यता नबुझेर उल्टै गाली समेत गर्ने गरेको उनले सुनाए । अफिसले स्यानिटाइजर, माक्स, पन्जा सबैको व्यवस्था गरेपनि डर कम नभएको कंडेलले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *