कृषिता अधिकारी (निशा)
सामान्यतया “विवाह स्त्री र पुरुषले पारिवारिक जिवनमा प्रवेश गर्ने संस्था हो ।’’ जसले व्यक्तिहरुको आपसि सम्बन्ध तिनिहरुको रक्तसम्बन्ध नाता, सन्तान तथा समाजको सम्बन्धलाई परिभाषित र नियन्त्रणित गर्दछ । त्यसैगरी हरेक प्राणिको लागि यौन एक आधारभुत एंव अनिवार्य जैविक आवश्यकता हो किनकि मानव प्रकृतिकै एक अभि· सृजना हो तापनि अन्य प्राणिभन्दा मानव फरक हुन्छ, उसको सृष्टि कायम गर्न उसलाई यौन सम्बन्ध एवं आवश्यकताको जरुरत पर्दछ अर्को शब्दमा संसारका जुनसुकै मानव समाजमा जे जसरी विवाहहरु हुने गर्दछन जस्तो किः (मागी, भागी , कानुनी विवाह, चोरि, गन्धर्व तथा क्याप्चर आदि) गरेपनि विवाह मानिसको विपरीत लिङगीहरु बिचमा वैधानिक रुपले सम्बन्ध स्थगित गराइदिने सामाजिक यन्त्र हो । किनकी एउटी युवती जब पराइ घरमा श्रीमती, बुहारी, भाउजू, देवरानी जस्ता विभिन्न नातामा प्रवेश गर्दछे र उ एउटी आमा बन्न पुग्छे तर उ भित्रको इच्छा चाहना त्यहि पुरुषले बुझिदिएन भने उसका इच्छाहरु एउटा नकारात्मक ढंगमा परिवर्तन हुन्छन् फलस्वरूप सम्बन्धमा विद्रोह उत्पन्न हुन्छ जसले गर्दा सुन्दर अनि पवित्र नाता विग्रन जान्छ र सम्बन्ध विच्छेदमा परिणत हुन्छ । त्यसैगरी सम्बन्ध विच्छेद भन्नाले पति वा पतिले अब हाम्रो नाता सम्बन्ध छैन भनी कानुन बमोजिम अलग रहनुलाई सम्बन्ध विच्छेद भनिन्छ, अर्को शब्दमा भन्नुपर्दा लोग्ने स्वास्नी बिच कानुनी रुपमा बैवाहिक सम्बन्ध तोडि आ–आफ्नो रुपमा अलग–अलग व्यवहार गरी बस्नुलाई सम्बन्ध विच्छेद भनिन्छ ।
यहाँ विवाहले लोग्ने स्वास्नी बिच वैवाहिक सम्बन्धको स्थापना गर्दछ भने सम्बन्ध विच्छेदले लोग्ने स्वास्निबिच कायम भएको वैवाहिक सम्बन्धको अन्त्य हुन्छ भन्ने बुझ्नुपर्छ । विवाह जस्तो पवित्र नाता सम्बन्ध विच्छेदमा परिणत हुनुका कारण आर्थिक सामाजिक ,संस्कृति परिवेश तथा देखासिकिले गर्दा प्रायजसो सम्बन्ध विग्रेर जान्छ । सबै भन्दा बढि सम्बन्ध विच्छेद त वैदेशिक रोजगारको कारणले हुने गर्दछ किनकि छोरोछोरि पढाउने निहुँमा शहर झरेर डेरामा बस्ने र सहरी परिवेशमा आफुलाई ढाल्न खोज्दा गरिबी, बेरोजगारी, मादकपदार्थ, कलिलो उमेरमा विवाह आदि प्रमुख आधार मान्न सकिन्छ । पछिल्लो समयमा घरपरिवारमा दिनहुँ झगडा हुदा श्रीमानले श्रीमतिलाई समय नदिंदा अथवा छोरा जन्माउन नसक्ने जस्ता कारणहरु पनि प्रवल बनेका छन् । मानसिक तनावबाट छुट्कारा पाउन दिनहुँको अत्याचार सहन नसक्नु अथवा घरमा श्रीमान श्रीमती हुँदा पनि बाहिर सम्बन्ध बनाउनु जस्तो कारणले पनि सम्बन्ध विच्छेद हुन्छ, यसले पारिवारिक व्यवस्था त खल्बलिन्छ नै यसका साथै बालबालिकामा कस्तो प्रभाव पार्दछ भन्ने विषय महत्त्वपूर्ण रहेको छ ।
त्यसैगरि नेपालमा पनि सम्बन्ध विच्छेदका विषयमा विभिन्न ऐन कानुन बनेका छन् । जसमा मुलुकी ऐन २०१०,२०२० संम्क्षिप्त कार्यविधि ऐन २०२८, सर्वोच्च अदालतको आदेश २०६६, बाल अधिकार, मुलुकी ऐन देवानि नेपाल संविधान २०७२ आदी व्यवस्था भएका छन । त्यसैगरी संम्क्षिप्तमा भन्नुपर्दा एक आपसमा सहमतिबाट एक पक्षको उजुरीको आधारमा अदालतले निर्णय बमोजिम पति र पत्नी बिचको सम्बन्ध आपसी मन्जुरीबाट जहिले सुकै पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ मुलुकि ऐन अनुसार देहाय ३ बमोजिम दुवैको मन्जुरी भएमा लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गर्न सकिने भनी नियम तोकेको छ, यस ऐनले दफा ९४ अनुसार पतिले पतनीसंग सम्बन्ध विच्छेद गर्न सक्ने अवस्था विवेचना गरि पति र पत्नी कानुन बमोजिम नै अलग बसेको अवस्थामा बाहेक पत्निले पतिको मन्जुरी लिएर ३ वर्ष भन्दा बढि अलग बसेकोमा र पति वा पत्नीले खानालाउन नदिएको घरबाट निकालिएको सम्बन्धमा त्यसैगरी दफा ९५ मा पतिले अर्को विवाह गरेको खण्डमा पत्निको मन्जुरी विना जवरजस्ति करणी गरेको ठहरमा पनि सम्बन्ध विच्छेद गर्न पाईने प्रावधान र हेको छ ।
त्यसैगरी मुलुकि ऐन देवानि २०७४ को दफा ११४,११५,११६ मा बालबालिका प्रति आमाबाबाको दायित्व सुनिश्चित गरेको छ । यश ऐनले बालक आमा वा बाबा एकजनाले मात्र जिम्मेवारी लिनुपर्ने नियम तोकेको छ यदि बालक दुधालु छ भने सम्पूर्ण जिम्मेवारि आमाले लिनुपर्ने र बाबाले त्यसको खर्च दिनुपर्ने व्यवस्था छ भने यदि बालक छ,ट वर्षको छ भने बाबाले जिम्मेवारी लिनुपर्ने व्यवस्था छ । यसका साथै अंश लिएर भिन्दै बस्न पाईने नियम छ । त्यसैगरी इतिहासको कुरा गर्दा आजभन्दा १ दशक पूर्व सम्मको अवस्थालाई हेर्न हो भने सम्बन्ध विच्छेदका घटनाहरु त्यति हु“दैनथ्यो । विकसित मुलुक युरोप अमेरिककामा भने यस्तो सम्बन्ध विच्छेदका घटनाकाहरु प्रशस्त हुन्थे । विवाह गरेको केही मिनेटमै सम्बन्ध विच्छेदको घटना सुन्दा र पढ्दा हामीलाई अनौठो लाग्थ्यो तर पछिल्लो समयमा नेपाल पनि यस्ता घटना घट्दै आईरहेका छन् । अहिलेको ऐन कानुन अनुसार पुरुषले पनि सम्बन्ध विच्छेद गर्ने पाउने भन्ने व्यवस्था छ यी र यस्ता घटनाले साच्चै हाम्रो समाज नै विसंगति तिर धकेलिएको छ । किनकि व्यक्ति , परिवार राम्रो भयो भने समाज पनि राम्रो हुन्छ एउटा व्यक्तिले पूरा समाज नै खलबलाउछ यदि गाउँको सानेले परिवारमा द्वन्द फैलाउछ श्रीमती छोराछोरी लाई दिनरात कुट्छ भने सामाजिक व्यवस्था पनि खलबल्निछ । अर्काेतिर बालबालिकालाई नकारात्मक असर परेको हुन्छ किनकि सम्बन्ध विच्छेद पछि बच्चा कि आमा वा बाबा संग वस्दछ उसले आमा वा बाबाको माया तथा साथबाट बन्चित हुन्छ सोचौ त ? उनिहरुको भविष्य कतातिर जान्छ ।
पछिल्लो समयमा बालबालिका गलत बाटोतर्फ मोडिएका छन् कतिपय बालबालिका हिसात्मक सिकार जस्तैः–बालबालिका वेचविखन, बलात्कार, घरेलुु हिंसा, सडके बालबालिका बन्न र अबैध धन्दा गर्ने थालेका छन् यसले गर्दा भोलिका कर्णदार आज कुलतमा लागेको अवस्था छ । हामीले सुन्दै आएका र देख्दै आएका छौ आमा बाबाको साथबाट वन्चित केटाकेटी नकारात्मक पाटो तर्फ गइरहेको अब पनि यस्ता घटना नदोहोरिनु भन्ने सन्देश गाउँ समाजमा सन्देश पु¥याउनु पर्दछ त्यस्तै, राज्यले पनि यश सम्बन्धि कडा नियम बनाउनु पर्छ । हरेक आमा बाबाले आफ्नो पारिवारिक वातावरण सुन्दर राम्रो वनाई बालबालिकाको भविष्य सकारात्मक बनाउनुका साथै विवाह जस्तो पवित्र नातालाई वि ग्रन दिनुहुन्न भन्ने वुझ्नुपर्दछ भन्ने यश लेखको मुख्य भुमिका रहेको छ ।