गलकोटमा वडा अध्यक्षबाट कुटिएका मजदुर भन्छन्- न्याय पाइन

सिर्जना पन्त, बागलुङ
बागलुङको गलकोट नगरपालिकामा वडा अध्यक्षबाट एक मजदुर कुटिएका छन् । विरगञ्जको छिपरमाई गाउँपालिका वडा नम्बर–३ का अजय कुमार शाहले आफुलाई गलकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नारायणध्वज मल्लले कुटपिट गरेको आरोप लगाउनुभएको छ ।

वैशाख ८ गते वडा अध्यक्षबाट कुटिएर सोहि दिन इलाका प्रहरी कार्यालय हरिचौरमा निवेदन दिन जाँदा घाउजाँच गरेर रिपोर्ट आएपछि अन्य प्रक्रिया अगाडी बढाउने भनिए पनि हालसम्म प्रहरीले आरोपितलाई सोधपुछ समेत नगरेको शाहाले बताउनुभयो । ‘मैले वैशाख ९ गते नै प्रहरीलाई घाउजाँच गराएको रिपोर्ट बुझाएको छु, शाहाले भन्नुभयो अहिले सम्म मलाई प्रहरीले केही खबर गरेको छैन ।’

गलकोट नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माणको ठेक्का लिएका ठेकदारका कामदार लकडाउनको कारण उपस्थित हुन नसकेपछि शाहले सोही ठेकदार संग स्थानिय जनप्रतिनिधीको रोहवरमा सामाजिक दुरी कायम गरी काम गर्ने सम्झौता गर्नुभएको थियो । ‘लकडाउनको कारणले घर जान सकिएन, यहाँ बसेर खान पुग्दैन’, शाहले भन्नुभयो ‘लामो समयदेखि यहि ठाउँमा बसेकाले बाहिरको मान्छे नल्याउने सरकारको सबै निर्देशन पालन गरेर काम गर्ने सम्झौता गरेका थियौ, तर ५ नम्बरको वडा अध्यक्षले गलकोट छोडेर जा भन्दै धम्की सहित कुटपिट गर्नुभयो ।’ वडा अध्यक्षको कुटाईबाट शाहको खुट्टामा चोट लागेको छ ।

लकडाउन भएपनि गाउँमा बाहिरको मान्छे नआउने र यहि भएकाले काम गर्दा समस्या नपर्ने भन्दै शाहलाई वडा कार्यालयको भवन निर्माणको काम गर्न स्वीकृती दिएको वडा नम्बर ६ का वडा अध्यक्ष नरबहादुर खत्रीले बताउनुभयो । दाङका मजदुरहरुले वाडको काम गरेको र उनिहरु दाङ गएको समयमा लकडाउन सुरु भएर उतै रोकिएकाले गलकोटमा भएका र काम नपाएका मजदुरलाई काम गराउनको लागि ठेकदार योगेश भण्डारीले वडा कार्यालयमा सम्झौता गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्षले मजदुर कुटेको खबर आएपछि उहाँलाई सम्पर्क गर्न खोजेको भएपनि सोही दिनदेखी फोन स्वीच अफ गरेर बसको उहाँले बताउनुभयो । ‘वडा अध्यक्षसंग सम्पर्क हुन नसके पछि भवन निर्माणको ठेकदार संग कुरा गरेको थिए’, खत्रीले भन्नुभयो ‘लकडाउनको कारणले रोजगारी गुमेका मजदुरलाई सहयोग गर्नुपर्ने ठाउँमा कुटपिट गर्नु राम्रो होइन बास्तविकता बुझने प्रयाश गरिरहेको छु ।

वडा अध्यक्ष नारायणध्वज मल्ले लकडाउनको समयमा काम गर्ने र काम गर्ने सम्झौता गर्ने काम नगर भनेर सम्झाउन जादा मजदुरहरुले अटेरी गरेपछि तेस्तो अवस्था सिर्जना भएको बताउनुभयो । मैले उनिहरुलाई पटक–पटक सम्झाएको थिए, मल्ले भन्नुभयो उनिहरुले स्थानियको घर बनाउने, अन्य कामहरु पनि गरेकाले नगर भनेर सम्झाउदा अटेरी गरेको उहाँले बताउनुभयो । कुटपिट गर्ने नियत नभएपनि सम्झाई बुझाई गर्दा नमानेपछि हात उठेको उहाँले स्वीकार गर्नुभयो ।

इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरिक्षक केशव सिंह थापाले कुटिएको भन्दै आएका अजयलाई घाउजाँच फारम दिएर चेकजाँचको लागि पठाएको भएपनि हालसम्म रिपोर्ट आफुले प्राप्त नगरेको बताउनुभयो । ‘हिजो दिनभर ठाउँ ठाउँमा पहिरो गएको थियो तेसैको अनुगमनमा थिए, साँझ चट्याङले लागेर मान्छे मरेपछि अहिले तेतै पुगेर कार्यालय आएको छ, ’ थापाले भन्नुभयो ‘म संग अहिले सम्म घाउजाँच रिपोर्ट आएको छैन, आरोपित वडा अध्यक्षको फोन अफ छ सम्पर्क गर्ने प्रयाश गरिरहेको छु ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *