चट्याङ लागेर मृत्यु भएका रिजालको परिवारलाई राहत हस्तान्तरण

आदर्श अनलाईन बागलुङ
गत चैत २९ गते चट्याङ लागेर मृत्यु भएका बागलुङ नगरपालिका वडा नम्बर १३ का शंकर रिजालको रिवारलाई जिल्ला दैविक प्रकोप उद्धार कोषबाट राहत रकम हस्तान्तरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजु, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, वडा अध्यक्ष लगायतको टोली पुगेर पीडित परिवारलाई नगद रु १ लाख रुपैयाँ राहत हस्तान्तण गरिएको हो ।

मृतकको परिवारलाई घरमै पुगेर सरकारले व्यवस्था गरे अनुरुपको राहत प्रदान गरेको प्रमुख जिल्ला अधिकारी सैंजुले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *