युवा व्यवसायी खड्काद्वारा फुड बैंकलाई ५० बोरा चामल

साधना पन्त, बागलुङ ।
निर्माण व्यवसायी संघ बागलुङका उपाध्यक्ष सन्दीप खड्काले बागलुङ नगरपालिकाले स्थापना गरेको फुड बैंकलाई ५० बोरा चामल हस्तान्तरण गर्नुभएको छ ।

कोरोना कहरले गर्दा ज्याला मजदुरी गरेर खाने वर्गलाई समस्या परेको र नगरपालिकाले स्थापना गरेको फुड बैंकबाट उनिहरुलाई सहयोग गरिने जानकारी पाएपछि चामल सहयोग गरेको उहाँले बताउनुभयो ।

अफ्ट्यारो समयमा सबै एकजुट भएर सरकारलाई सहयोग गर्नुपर्ने भन्दै खड्काले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *