कोरोनालाई जित्ने क्रममा अंशु, भन्छिन्-म छिट्टै घर जानेछु

सिर्जना पन्त, बागलुङ

‘अरु काम नै के छ र ? सधै झै फोनमा फेसबुक चलाउदै थिए, एक्कासी डाक्टरको फोन आयो बहिनी बधाई छ । तपाईको यो पटकको रिपोर्ट नेगेटिभ आयो ।’

बिहीबार दिउसो स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि बागलुङ नगरपालिका–४ कुडुलेकी १९ वर्षीया कोरोना संक्रमित अन्शु सापकोटाले हास्दै भनिन् । विस्तारै बोल्ने, सोधेका प्रश्नको मात्र जवाफ दिने र मुसुक्क हास्ने बानी रहेछ भन्ने यसभन्दा अगाडीका फोन संवादमा लागेको भएपनि यसपटक उनले कोरोना जीते भन्ने उत्साहले होला अझै बढी खुलेर हासेर बोलिन् ।’ स्वास्थ्यकर्मी पछि उनलाई उनका बाबा ऋषीराम सापकोटाको फोन आएको रहेछ ।

‘बाबाले अब एक दुई दिन मात्र हो, नआत्ति बस अब सब ठिक भयो भन्नुभयो, ’ अन्शुले भनिन्- त्यसपछि मलाई कहिले दुई दिन सकिएला जस्तो भएको छ ।’ चैत १५ गतेदेखि धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसुलेशन वार्डमा रहेकी अन्सुलाई पछिल्लो २६ दिन कसरी कटाए भन्दा पनि अबका दुई दिन छिटो सकिए हुन्थ्यो भन्ने लागेको छ । संक्रमण छ भनेपछि सन्चो होला भन्ने सोचेर दिन वित्थे ’ उनले भनिन् अब सन्चो हुदैछ भनेपछि छिटो भैदिए हुन्थ्यो भन्ने लागेको छ ।’

उनी चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको बिमान हुँदै नेपाल आएकी थिइन् । त्यही क्रममा चैत्र १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनिसंगै आएकी बानपा ३ गौडाकोटकी ६५ बर्षीया मनकुमारी पौडेलले कोरोना जीतेर घर र्फकिएकी छन् ।

‘हजुरआमालाई सञ्चो भयो भन्ने सुनेपछि अब म पनि छिट्टै सञ्चो हुन्छुहोला भन्ने लागेको थियो’, अन्शुले भनिन् ‘अरु कोरोना संक्रमतिहरुलाई पनि भन्न चाहन्छु आत्मविश्वास बढाउनुस रोगलाई जित्छु भन्ने आँट नै यसको औषधी रहेछ ।’

नेपालको पाँचौ तथा बागलुङको पहिलो कोरोना संक्रमित अन्सुको कोरोना परीक्षणको पाँचौं रिपोर्ट नेगेटिभ आएको हो । धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचाररत उनका यसअघिको चारवटा रिपोर्टमा पोजेटिभ देखिएको थियो ।

बिहीबार पोखरामा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण नेगेटिभ रिपोर्ट आएको र शुक्रबार उनको स्वाब पुन परिक्षणको लागि पठाइने धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख शैलेन्द्र बि पोखरेलले बताउनुभयो । ‘उनमा कोरोना संक्रमण देखिएपनि कोरोनाका कुनै लक्षण देखिएको थिएन, पोखरेलले भन्नुभयो हामिले अझै छिटो रिपोर्ट नेगेटिभ आउने अपेक्षा गरेपनि ढिला गरी अयो ।’ अब शुक्रबार पुनः स्वाब पठाइने र उक्त रिपोर्ट पनि नेगेटिभ आए डिस्चार्ज गरिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *