गलकोट नगरपालिकाले ८५ मजदुरको उद्धार गरी गृह जिल्ला पठायो

आदर्श अनलाई, बागलुङ
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को संक्रमण दिनहुँ फैलिने क्रम तीव्र छ । नेपालमा पनि यसको प्रभाव बढदो क्रममा छ । सरकारले गत चैत ११ गतेदेखि देश पूर्ण रुपमा लकडाउन गरेको छ । देश लक डाउन भए सँगै दैनिक ज्याला मजदुरी गर्ने मजदुर तथा कामदार प्रत्यक्ष मारमा परेका छन ।

१ महिनादेखि काम ठप्प हुँदा विभिन्न जिल्लाबाट रोजगारीको लागि गलकोट नगरपालिकामा रहेका कामदारहरुलाई बिहान बेलुका छाक टार्न मुस्किल भएपछि गलकोट नगरपालिकाले उनीहरुलाई गृह जिल्ला पठाएको छ ।

नगरपालिकाले लकडाउन पछिउनीहरुलाई राहत वितरणको क्रममा समेत खाद्यान्न सहयोग गर्दै आईरहेको थियो । उनीहरुले दिनहुँ घर जाने व्यवस्था मिलाउन अनुरोध गरेपछि ८५ जना मजदुरलाई यातायातको व्यवस्था गरि घर पठाईएको गलकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विरजंग भण्डारीले जानकाकी दिनुभयो ।

पर्सा बारा रौतहट लगायतका जिल्लाबाट विभिन्न कामको सिलसिलामा गलकोटमा रहेका मजदुरहरुलाई बसको व्यवस्था गरि गृह जिल्लासम्म पठाईएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । त्यसको लागि गलकोट नगरपालिकाले नगद रु २५ हजार सहयोग गरेको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले जानकारी दिनुभयो ।

गलकोट नगरपालिकाको हटिया, हरिचौर, मल्म, नरेठाँटी, चरौदी, काँडेबास लगायतका स्थानमा काम गर्दै आईरहेका मजदुरहरुलाई घरमा जाने व्यवस्था मिलाईएको नगर उपप्रमुख काउचाको भनाई छ । उनीहरुले कामकाज ठप्प भएपछि दैनिक गुजारा चलाउन समस्या भएको भन्दै गलकोट नगरपालिकामा दिनहुँ गुनासो गर्न थालेपछि गृह जिल्ला जाने व्यवस्था मिलाईएको हो ।

मजदुरहरुलाई २ वटा बसको व्यवस्था गरि पठाईएको छ । गलकोट नगरपालिकाले दैनिक ज्याला मजदुरी गर्ने र विपन्न परिवारलाई लक डाउनको समयमा घरमा चुल्हो बाल्न समस्या भएको भन्दै विभिन्न राहत समग्री समेत प्रदान गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *