बिस मोडेल फर्मका लागि तिन सय आवेदन !

आदर्श अनलाइन/बागलुङ
बागलुङ र पर्वत जिल्लामा स्थापना गरिने २० मोडेल फर्मका लागि ३ सय ५८ वटा आवेदन परेको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बागलुङले दुई जिल्लामा यस बर्ष स्थापना गर्ने २० वटा मोडेल फर्मका लागि १५ दिनको म्याद राखेर आवेदन माग गरेको थियो । जसमा अपेक्षा गरिए भन्दा बढी ३ सय ५८ वटा आवेदन प्राप्त भएको भेटेरिनरी अस्पतालल तथा पशु सेव विज्ञ केन्द्रका केशव शर्माले बताउनुभयो ।

गण्डकी प्रदेश अन्र्तग बागलुङ र पर्वत हेर्ने गरि स्थापना भएको कार्यालय मार्फत व्यवसायिक कषि उद्यम तथा पशुपालनका लागि बिशेष महत्व राख्ने नमुना फर्म स्थापना गर्न १ करोड ६० लाख बजेट बिनियोजन भएको बिज्ञ केन्द्रका बरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताउनुभयो । ‘व्यवसायिक कृषिका लागि अपेक्षा गरिए भन्दा बढी उत्साह देखियो, यो अहिलेको परिवेशमा धेरै राम्रो कुरा हो,’ उहाँले भन्नुभयो, ‘प्राप्त निवेदन मध्ये आधा अनुदान लागि मात्रै दिएको भए पनि कम्तीमा एक सयदेखि १ सय ५० वटाको योजना, इच्छा शक्ति र सोच राम्रो हुनुपर्छ । अब यसबाट २० मात्र छनोट गर्न निकै चुनौतिपूर्ण भएको पाण्डेले बताउनुभयो । उहाँका अनुसार, यस बजेटबाट २० वटा मोडेल फर्म तयार गर्न मन्त्रालयले निर्देश गरे पनि माग धेरै आएकाले छनोटमा कठिनाई भएको छ । अब २० वटाबाट बढाएर ३२ वटा सम्म मोडेल फर्म स्थापना गर्ने गरि योजना संशोधन गर्न मन्त्रालयसँग परामर्श भइरहेको पाण्डेले बताउनुभयो ।

अब प्राप्त आवेदन मध्येबाट छनोटका आधारमा बढी अकं ल्याउनेलाई ५ लाख सम्मको अनुदान दिइनेछ । जमिनको उपर्युक्तता, प्राकृतिक स्रोत साधन, पूर्वाधार, व्यवसायिक योजना, रोजगार सिर्जनाको अवस्था र लगानी सुनिश्चितता लगायतका बिभिन्न मापदण्डका आधारमा अनुदान उपलब्ध गराईने उहाँको भनाई छ । यि मापदण्डका आधार भए पनि सके सम्म पालिका र निर्वाचन क्षेत्र नछुट्ने गरि कार्यक्रम सञ्चालन गर्ने कार्यालयले योजना छ । ‘एकातर्फ आवेदन संख्या धेरै भएकाले समस्या छ,‘ बरिष्ठ पशु विकास अधिकृत पाण्डेले थप्नुभयो, ‘अर्को तर्फ दुई जिल्ला, त्यस भित्रका निर्वाचन क्षेत्र र स्थानीय तहमा अकं र सम्भाव्यताका आधारमा अनुदान पर्छ कि पर्दैन भन्ने तर्फ पनि सोचनीय पक्ष देखिएको छ ।’

कार्यालयले चालु आर्थिक बर्षमा हिउँदे, बर्खे घाँस बितरण, मत्स्य पोखरी निर्माण, माछाका भुरा बितरण, पुराना पोखरी मर्मत, पाँडापालन, उन्नत साढे बितरण, फ्रेस हाउस, डेरि पसल सुधार लगायतका कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *