लकडाउनमा नेकपा ताराखोलाले दियो विपन्नका लागि खाद्य सामग्री

आदर्श अनलाइन, ताराखोला

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताराखोलाले गरिब बिपन्न परिवारका लागि खाद्य सामग्री प्रदान गरेको छ ।

नेकपाले शुक्रबार ताराखोला वडा न.४ मा अनौपचारिक कार्यक्रमका बीच कोरोना भाईरसको कारण देशमा जारी लकडाउनले प्रत्यक्ष प्रभावित परिवारलाई एकद्धार प्रणाली मार्फत राहत प्रदान गर्ने गरी गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

नेकपाले ताराखोला गाउँपालिकालाई हस्तान्तरण गरेको खाद्य सामग्री ।

दैनिक खानपानमा समस्या भएकालाई चामल, तेल, नुन, सावुन लगायतका सामग्री प्रदान गर्ने गरी गाउँपालिकालाई प्रदान गरिएको नेपाल कम्युनिस्ट पार्टी ताराखोलाका गाउपालिका अध्यक्ष दिवश खत्री पदमले जानकारी दिए । उक्त रामग्री अध्यक्ष खत्रीले गाउँपालिका अध्यक्ष प्रकाश घर्ती र उपाध्यक्ष दिल कुमारी रोकालाई हस्तानतरण गरेका थिए ।

नेकपाबाट प्राप्त खाद्य सामग्री गरिव तथा विपन्नको थप तथ्यांक संकलन गरि वितरण गरिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । गाउँपालिकाले पहिलो चरणमा स्थानीय स्तरमै उत्पादित खाद्य सामग्री राहत स्वरुप प्रदान गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *