बागलुङबाट साढे १७ सय बढी मजदुरको उद्धार

डम्मर बुढा मगर, बागलुङ
विश्वभर महारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण देश लकडाउनमा छ । सरकारले कोरोना भाइरस रोकथामको लागि गत चैत महिनाको ११ गतेदेखि लकडाउन सुरु गरेको हो ।

लकडाउनको कारण थुप्रै मजदुर,कामकाजको लागि घरभन्दा टाढा रहेका नागरिकहरु यतिबेला ठूलो समस्यामा परेका छन् । लकडाउनले गर्दा घर फर्कन समेत ठूलो समस्या भएको छ डेरा भाडा तिर्न र खाद्यान्न सामग्री जोहो गर्न उनीहरुलाई धौ–धौ भइराखेको छ ।

भाडा तिर्न गाह्रो र भोकभाकै बस्नु पर्न अवस्था आएपछि आम नागरिक सरकारलाई हारगुहार गरिरहेको छन् । सरकारले सबैको चित्कार सुन्न नसकेपछि उनीहरु हप्तौँ दिन लगाएरै भए पनि घर हिँडेका छन् ।

देश ठूलो सहर काठमाडौ, पोखरा लगायतका ठाउँहरुबाट पैदल यात्रै नै गरेका छन् भने अन्य जिल्लाबाट कामको खोजिमा अरु स्थानमा पुगेका मजदुर पनि पैलद यात्रा नै गरेर घर हिँडेका छन् ।

यसै कक्रममा पैलद गर्दै बागलुङ भित्रिएका नागरिहरुको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र अन्य सरकारवाला निकायहरुले उनीहरुको उद्धार गरि गृह जिल्ला पठाइएको छ ।
हालसम्म बागलुङमा आएका करिब १६ सय ५० जनाको उद्धार गरी घर पठाइएको जिल्ला प्रहरी कायालय बागलुङका प्रवक्ता हेम केसीले जानकारी दिनुभयो ।

काठमाडौ, पोखरा लगायत का ठाउँबाट घर हिँडेका रुकुम, रोल्पा, अर्घाखाँची, गुल्मी, प्युठान र बागलुङ, म्यागदी लगायतका स्थानमाबाट काठमाडौँ, सिन्धुपाल्चोक, काभे्रपलाञ्च पुग्ने मजदुरको उद्धार गरेको केसीको भनाई छ ।

‘दिन दिनै गाउँ फर्कनेहरुको भिड बढ्न थालेको छ, केही दिने यता पैदल यात्रा गरेर आउनेको संख्या बढेको छ,’ उहाँले भन्नुभयो ‘उनीहरुलाई आश्रय स्थलमा ठाउँ नभएर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखेर गाडी व्यवस्थापन गरेर पठाएका छौँ ।’

त्यस्तै गलकोट नगरपालिकाले पनि १ महिनादेखि काम ठप्प हुँदा विभिन्न जिल्लाबाट रोजगारीकोका कामदारहरुलाई बिहान बेलुका छाक टार्न मुस्किल भएपछि उनीहरुलाई गृह जिल्ला पठाएको छ ।

नगरपालिकाले लकडाउन पछिउनीहरुलाई राहत वितरणको क्रममा समेत खाद्यान्न सहयोग गर्दै आईरहेको थियो । उनीहरुले दिनहुँ घर जाने व्यवस्था मिलाउन अनुरोध गरेपछि ८५ जना मजदुरलाई यातायातको व्यवस्था गरि घर पठाईएको गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचाले बताउनुभयो ,

पर्सा बारा रौतहट लगायतका जिल्लाबाट विभिन्न कामको सिलसिलामा गलकोटमा रहेका मजदुरहरुलाई गाडीको व्यवस्था गरि गृह जिल्लासम्म पठाईएको उहाँको भनाई छ ।

‘उनीहरु विभिन्न जिल्लाबाट आएर यहाँ काम गरि रहेका थिए, उनीहरुको लागि नगरपालिकाबाट खाद्यान्न पनि वितरण गरेका थियौँ,’ उहाँले भन्नुभयो ‘लकडाउनको अवधी अझै लम्बिने संभावना बढेपछि हामीले गाडीको व्यवस्थापन गरेर पठाएका हौँ ।’

गलकोट नगरपालिकाको हटिया, हरिचौर, मल्म, नरेठाँटी, चरौदी, काँडेबास लगायतका स्थानमा काम गर्दै आईरहेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *