स्थानीय तहसङ्ग समन्वय बिनै बाह्य जिल्लाबाट सयौ गाउँ भित्रिए, जनप्रतिनिधिको असन्तुष्टि

सिर्जना पन्त, बागलुङ ।
शुक्रबार र शनिबार १ हजार २ सय ९२ जना बागलुङ जिल्ला प्रवेश गरे । सरकारले आव्हन गरेको लकडाउनको उल्लङघन गर्दै काठमाडौ, नवलपरासी, लमजुङ र पोखराबाट गरी १३ वटा बस मालढुङगाबाट बागलुङ प्रवेश गरेका छन् ।

विश्व स्वास्थ्य संगठनको चेतावनी र नेपाल सरकारको घोषणालाई उल्लङघन गरेर बसका बस मानिसहरु जिल्ला भित्रन थालेपछि जिल्लाका विभिन्न स्थानिय तहका जनप्रतिनिधीहरुले भने विरोध जनाउन थालेका छन् ।

स्थानिय तह र जनप्रतिनिधी संग समन्वय र सहकार्य नगरी धमाधम मानिसहरु नगर प्रवेश गर्न थालेपछि गलकोट नगरपालिकाका मेयर भरत शर्माले विश्व स्वास्थ्य संगठनको चेतावनी नेपाल सरकारको गैरजिम्मेवार प्रस्तुतिले गर्दा नेपालमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै युरोप बन्न सक्ने सामाजिक सञ्जाल फेसबुकमा मार्फत लेख्नुभएको छ । नगरपालिकाले नगरको फेसबुक पेजबाट अपिल समेत जारी गरेको छ । अपिलमा बाहिरबाट नगर भित्रिएकाहरुलाई पूर्ण रुपमा होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । लकडाउनको पालना नगरे र सुरक्षा सतर्कता नअपनाएमा नगरपालिकाले कानुनी कारबाहीको पक्रिया अगाडी बढाउने समेत उल्लेख गरिएको छ ।

काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले लकडाउनको अवधी सकिन केहि दिन मात्र बाँकी रहेकाले सबैलाई आ–आफ्नै ठाउँमा बस्न आग्रह गर्नुभएको छ । उहाँले अफ्ट्यारो परेमा सम्पर्क गर्न समेत अनुरोध गर्नुभएको छ ।

बागलुङ नगरपलिका वडा नम्बर ८ का वडा अध्यक्ष जीत बहादुर जिसीले मानव ओसार पसारले कोराना कहरबाट शान्त हुन थालेको सामाजिक वातावरण विथोल्ने काम गरेको उल्लेख गर्नुभएको छ । जनप्रिय हुन खोज्दा सबै गुम्न सक्ने भन्दै जानकारी विना अन्य जिल्लाबाट धमाधम मानिस आउदा जिल्लाको उपल्लो तहले के हेरेको छ भन्दै प्रश्न गर्नुभएको छ ।

शुक्रबार र शनिबार मात्र काठमाडौबाट बुर्तिवाङ, रुकुम र बागलुङ बजारको लागि ८ बस, गलकोट, जैमिनी र बागलुङ बजारमा नवलपरासीको गैडाकाटबाट ४ बस, पोखराबाट बुर्तिवाङको लागि १ बस, भैरहवाबाट बागलुङ बजारमा १ बस, पोखराबाट निसिखोला १ बस, काठमाडौबाट निसिखोला १ बस र लमजुङबाट रुकुम १ वटा यात्रु बोकेका बस मालढुङगाबाट जिल्ला प्रवेश गरेको प्रहरी चौकी मालढुङका प्रहरी सहायक रामबाबु शाहले जानकारी दिनुभयो ।

सबै बसहरुले यात्रु संख्या उल्लेख भएको सवारी पास लिएर आएको भएपनि तोकिए भन्दा बढी यात्रु बोकेको उहाँले बताउनुभयो । काठमाडौ बाट छुटेको बसले मुग्लीन र विभिन्न ठाउँमा अलपत्र परेका मानिस उठाउँदै आएका छन् उहाँले भन्नुभयो परिस्थितीको गम्र्भीयतालाई हेरेर यात्रु संख्या टिपोट गरी छोडने गरेका छौ । बसमा आएका सबै यात्रुलाई झारेर जेक जाँच गर्दा कोरोना जोखिम बढने भएकाले सम्बन्धीत स्थानिय तहमानै चेक जाँच गर्ने गरी छोडिएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *