बागलुङ प्रवेश गर्ने सवारी साधान स्यानीटाइज गर्न थालियो

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्ला प्रवेश गर्ने प्रवेशद्वारमा सवारी साधान स्यानीटाइज गर्न सुरु भएको छ ।

विभिन्न स्थानबाट बागलुङ जिल्ला भित्रिने सवारी साधानहरु स्यानीटाइज गर्न थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख नवराज भट्टले जानकारी दिनुभयो ।

अन्य जिल्लाबाट नागरिकहरु जिल्ला भित्रिन थालेपछि सवारी साधान स्यानीटाइज गर्न थालिएको हो ।

जिल्ला प्रवेशद्वार मालढुङ्गामा बाहिरबाट आउने गाडीहरु रोकेर स्यानीटाइज भइरहेको प्रमुख भट्टको भनाई छ ।

जिल्लामा पछिल्लो समय दिनप्रतिदिन मानिसहरु बाहिरबाट आउन थालेपछि बागलुङबासीहरु त्रसित भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *