बडिगाडमा चट्याङ लागेर दुई बहिनी घाइते

डम्मर बुढा मगर, बागलुङ

बागलुङको बडिगाडमा चट्याङ लागेर दुई जना घाइते भएका छन् ।

जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ७ माझखर्कमा आज साढे ३ बजेको समयमा परेको चट्याङले लाग्दा स्थानीय १३ वर्षीया गोमा बुढा र वर्ष १० वर्षीया गंगा बुढा घाईते भएको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।

घटनाको खबर पाए लगत्तै वडा कार्यालयले उद्धार गरि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको अध्यक्ष गुरुङको भनाई छ ।

घाइते मध्ये एक जनाको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो । उनीहरु दुई बहिनी रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *