ढोरपाटन नगरपालिकाले दियो २१ सय घरधुरीलाई खाद्यान्न

आदर्श अनलाईन, बागलुङ

ढोरपाटन नगरपालिकाले लकडाउनका कारण प्रभावित बनेका २१ सय घर परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण दैनिक ज्याला मजदुरी गर्न नपाएका आफुले बारीमा उत्पादन गरेर वर्षभरी खान नपुग्ने अवस्थामा रहेका परिवारलाई ४० लाख बराबरको खाद्यान्न वितरण गरिएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताउनुभयो ।

गण्डकी प्रदेशमार्फत प्राप्त १० लाख र ढोरपाटन नगरपालिकाको ३० लाख गरी ४० लाख बजेटले ९ वटै वडाका नागरिकलाई खाद्यान्न वितरण गरेको बताउनुभयो ।

उनीहरुलाई एक बोरा चामल, २ लिटर तेल, २ केजी नुन, २ केजी दाल गरी २१ सय परिवारलाई वितरण गरिसकिएको पोखरेलको भनाई छ ।

जस अन्र्तगत वडा नम्बर १ का ३ सय ५० घरधुरी, वडा नम्बर २ का २ सय ३०, वडा नम्बर ३ मा २ सय, वडा ४ नम्बर मा २३०, ५ मा २३०, ६ मा २५०, ७ मा १८०, ८ मा २५० र ९ मा २८० परिवारलाई खाद्यान्न वितरण गरीएको जनाइएको छ ।

लकडाउन लम्बिँदै गरेको अवस्थामा जनतालाई समस्या नहोस भन्नका निम्ती २० लाखको आकस्मिक कोष स्थापना गर्ने र फुड बैँक समेत स्थापना गर्ने तयारी भइरहेको अधिकृत पोखरेलले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *