पालिका अनुगमन गर्दै जिल्ला समन्वय समिति बागलुङ

कमल पौडेल, बडिगाड
जिल्ला समन्वय समिति बागलुङको टोलीले जिल्लाको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकामा कोरोना भाइरस विरुद्ध गरेको काम कारवाही तथा राहत वितरणको अनुगमन गरेको छ ।

बिहिबार गरिएको अनुगमनमा ताराखोला गाउँपालिकाले खाद्य बैंक संचालन गरि स्थानीय उत्पादनलाई प्रयोग गरि १ सय ५२ परिवारलाई राहत वितरण गरेको पाइएको छ ।

गाउँपालिकाले गाउँपालिका प्रवेशद्धारमा हेल्थडेस्क स्थापना गरेको, पालिका भित्र कृषि उपज उत्पादनको लागि सहजिकरण गरेको, स्वास्थ्यकर्मिहरुको लागि पिपिइ सहित स्वास्थ्य सामाग्रिको वितरण गरेको पाइएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले बताउनु भएको छ ।

अनुगमनको क्रममा ताराखोला गाउँपालिका अर्गलमा भएको बैठकमा ढुंगानाले राहत वितरण प्रभावकारी बनाउनु पर्ने, उपलब्ध स्रोत साधनलाई समुचित प्रयोग गरि सावधानीका साथ प्रभावकारी काममा लाग्नु पर्ने लगाएतका सुझाव दिनुभएको छ ।

सांसद दिपा रोकाले सामाजिक सचेतनाको खाँचो रहेको भन्दै व्यक्ति सचेत नभएसम्म सामाजिक दुरी कायम गर्न गाह्रो हुने भएकोले त्यसतर्फ सवैले सोच्नुपर्ने बताउनु भएको थियो ।

पालिका प्रमुख प्रकाश घर्तिले पालिकाले गरेको कार्यक्रमको विषयमा जानकारी गराउनु भएको थियो । अनुगमनमा समन्वय प्रमुख, सांसद सहित, जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसाल, गाउँपालिकाका उपाध्यक्ष डिल कुमारी पुन निमित्त जिल्ला समन्वय अधिकारी दुर्गा प्रसाद शर्मा जिल्ला समन्वय समिति सदस्य रुपा विक, फुलमाया पुन, लगाएतको सहभागिता रहेको थियो । बैठकमा निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरे, स्वास्थ्य संयोजक उदित कुमार थापाले
आफ्नो विषयगत कार्यप्रगतिको वारेमा जानकारी गराउनुभएको थियो ।

सो टोलीले ताराखोला गाउँपालिका वडा नम्बर ४ मा निर्माणाधिन नेपाल माविको विद्यालय भवन, दोगाडिमा निर्माणाधिन वडा कार्यालयको भवन पनि अनुगमन गरेको छ । त्यस्तै टोलीले गलकोट नगरपालिकामा पनि बैठक सहित अनुगमन गरको छ ।

गलकोट नगरपालिकामा १ हजार ६ सय ८२ परिवारलाई राहत वितरण गरिएको छ। नगरपालिकाले प्रत्येक स्वास्थ्य संस्थामा ३÷३ थान पिपिइ सहित स्वास्थ्य सामग्री पुर्याएको, दिर्घरोगिहरुको औषधि आपुर्तिमा ध्यान दिएको नगर प्रमुख भरत गैरेले जानकारी दिनुभएको छ ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले स्वास्थ्य, सुरक्षा लगाएत सबै सम्यन्त्र संग समन्वयात्मक रुपमा काम गर्न, उपलब्ध स्रोत साधनलाई अधिकतम उपयोग गरि कोरोना विरुद्ध लड्न आग्रह गर्नुभएको थियो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत तुल बहादुर विकले नगरपालिकाले गरेको विषयगत जानकारी प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसाल, उपमेयर रेनुका काउचा, निमित्त जिल्ला समन्वय अधिकारी दुर्गा प्रसाद शर्मा लगाएतले बोल्नु भएको थियो। जिल्ला समन्वय समितिले यस अघि जिल्लाका बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसिखोला गाउँपालिकामा अनुगमन गरिसकेको छ । बाँकी पालिकामा पनि अनगमन गरिने समितिले जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *