मुस्ताङमा गाउँपालिका अध्यक्ष सहित तीन सय बढी क्वारेन्टाइनमा

आदर्श अनलाइन,मुस्ताङ

मुस्ताङ जिल्लाको वारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष सहित तीन सय भन्दा बढी व्यक्ति क्वारेन्टाइनमा बसेका छन् ।

लकडाउनका कारण काठमाडौं र पोखरामा अलपत्र परेका व्यक्तिको उद्दार गरी गाउँपालिका पुर्या‍एपछि गाउँपालिका अध्यक्ष फेन्चोन छेप्तेन गुरुङ सहित पालिकाका सबै विद्यालयमा बनाइएको क्वारेन्टाइन बसेका हुन्।

वारागुङ्ग मुक्त्क्षिेत्र गाउँपालिका मुस्ताङमा गाउँपालिकाका स्वास्थ्य संयोजक खगेन्द्र बोहराले जाडो छल्न पोखरा र काठमाडौं पुुगेका मूस्ताङका जनतालाई जिल्ला समन्वय समितिको सहयोग उद्दार गरिएको बताए।

उनले भने,‘कुनै पनि जोखिम नहोस भनेर हामी सबै क्वारेन्टाइनमा बसेका छौँ। १४ दिनसम्म स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा बसेका सबैको नियमित स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएका छौं।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *