इश्वरको भ्रम

सागर कुँवर

ए भाइ
ए दाइ
ए दिदी
ए बहिनी
तिमीहरु भ्रमबाट मुक्त होउ ।

त्यो मस्जिद
त्यो चर्च
त्यो मन्दिर
त्यो गुम्बा
ती सबैले मानवता बचाउन सकेनन्
सक्दैनन र सकेका थिएनन्
त्यो केबल भ्रम मात्र हो
इश्वरको नाममा
स्वार्थ आर्जन गर्ने भ्रम ।

सत्ता र स्वार्थका लागि
मानवताको नाममा
मान्छेकै रगतमा
होलि खेल्नेहरुले
इश्वर सृजना गरे
त्यही इश्वरको नामम
हजारौं बर्ष शासन गरे
मान्छेको रगतमा उत्सव मनाए
र मनाइरहेका छन् अहिले पनि
ती रक्तपिपासु शासकहरु
मान्छेको रगत पसिना पिउन
कहिले अल्लाह
कहिले इशु
कहिले बुद्व
कहिले राम कृष्णलाई
इश्वर मान्छन्
यो सबै भ्रम हो
यो सबै स्वार्थको खेल हो।

कोरोनाको कहरमा
धर्मको नाममा
संक्रमण फैलाउनेहरु
मानवता विरोधी हुन्
यहाँ इश्वरले होइन
समाधान विज्ञानले गर्नेछ ।

निर्दोष मान्छेहरु बटुलेर
परमेश्वरको नाममा
कालो बोका काटेर
देबिको नाममा
अर्को जुनि पाउने आशामा
अल्लाहको नाममा
मान्छेकै बली खोज्ने,चढाउने
त्यो सबै भ्रम हो ।

शासकले शासन गर्न
बनाएको देउताको भ्रम तोड
विज्ञानको युगमा
बलीप्रथाको कुचलन तोड
निर्दोष मानिसहरुलाई
आत्माको आशा देखाएर
इश्वरको खेती गर्ने
चण्डालहरुको भ्रम तोड ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *