नेपालगञ्जमा ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं आइतबार १० जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्ज र वीरगन्जमा गरेर १० जनामा कोरोना पोजिटिभ देखिएको हो । 

वीरगञ्ज नगरपालिकाका महानगरपालिकाका ३६ वर्षीय पुरुष्मा कोरोना पुष्टि भएको हो भने । अन्य ९ जना नेपालगञ्जका हुन् ।

नेपालगञ्जमा कोरोना पुष्टि हुनेमा पाँच पुरुष र चार महिला छन् ।  योसँगै संक्रमितको संख्या ६९ पुगेको छ । १६ जना डिस्चार्ज भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *