ढोरपाटन–४ लुकुरवनको हिमालय आधारभूत विद्यालयले गर्यो फेसबुक मार्फत नतिजा सार्वजनिक

सुमन सुनार, बुर्तिबाङ

कोरोना भाइरस (कोभिड १९) को संक्रमण जोखिम रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण अहिले देशभरका सामुदायिक तथा संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०७६ को वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न नसकिरहेको अवस्था छ ।

गत चैत्र ११ गतेदेखि देश लकडाउन गरिएसंगै हाल शैक्षिक संघ÷संस्थाहरुको सम्पूर्ण गतिविधीहरु बन्द छ । जारी लकडाउन अनिश्चित बन्दै गएपछि अहिले नजिता प्रकाशन गर्ने विकल्प विद्यालयले खोजिरहेका छन् ।

अहिलेको अवस्थालाई मध्यनजर गर्दै कतिपय विद्यालयहरुले सामाजिक संजाल फेसबुक, रेडियो, अन्लाईन टेलिभिजन लगायतका माध्यमबाट परीक्षाफल प्रकाशन गरिरहेका छन् ।

यसैक्रममा ढोरपाटन नगरपालिका वडा नम्बर ४ लुकुरबन स्थित हिमालय आधारभूत विद्यालयले सामाजिक संजाल फेसबुक मार्फत वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

गत २०७६ फाल्गुन २७ देखि चैत्र ५ गतेसम्म सञ्चालन भएको वार्षिक परीक्षाको नतिजा आइतबार सामाजिक संजाल फेसबुक मार्फत प्रकाशन गरिएको विद्यालयकी शिक्षिका टेकसरा कार्की अर्गेजाले जानकारी दिनुभयो ।

लकडाउन खुल्ने बित्तिकै नियमित भर्ना कार्यक्रमसँगै कक्षा संचालन गर्ने तयारीलाई मध्यनजर गर्दै नतिजा प्रकाशन गरिएको उहाँको भनाई छ । परीक्षाको नतिजा प्रकाशन रोकिदा विद्यार्थीहरु अन्यौलता देखिएको र परीक्षाफल कहिले प्रकाशन हुन्छ भन्ने अभिभावक तथा विद्यार्थीमा जिज्ञासा बढ्दै गएपछि अनलाईन विधीबाटै नतिजा सार्वजनिक गर्नुपरेको शिक्षिका कार्कीको भनाई छ । विद्यालयको सूचना बोर्डमा समेत नतिजा टाँस गरिएको उहाँले बताउनुभयो ।

कार्कीका अनुसार, परीक्षामा १ सय १७ जना सम्मेलित भएका थिए । जस मध्य १ सय ६ जना अर्थात ८९.८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । यस्तै प्रा.वि. तर्फ कक्षा २ मा अध्यायनरत छात्रा रञ्जना अर्गेजा मगर ८९.३३ प्रतिशत अंक प्राप्त गरी प्रा.वि. उत्कृष्ट विद्यार्थी बन्न सफल भएकी छन् । त्यसैगरी नि.मा.वी तर्फ कक्षा ६ मा अध्यायनरत छात्र गजिन्द्र हर्मेल ७६.७५ प्रतिशत अंक प्राप्त गर्दै निमावि उत्कृष्ट बन्न सफल भएका छन् ।

जारी लकडाउनका कारण समयमै नयाँ पाठ्यपुस्तक खरिद तथा गर्न सक्ने अवस्था हुन सक्ने अवस्था नरहेको भन्दै विद्यार्थीहरुलाई पुराना पुस्तक सुरक्षित राख्न समेत विद्यालयले अनुरोध गरेको छ । पुराना पुस्तकको खोजी गरी त्यसको सहारामा विद्यार्थीको पठनपाठन अगाडी बढाउने अवस्था आउन सक्ने भन्दै विद्यालयले पुराना पाठ्यपुस्तक सुरक्षामा जोड दिएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *