मुक्तक : कात्रोमा खल्ती

-डम्मर बुढा मगर
माफ गर है मबाट केही गल्ती भएपछि
एकपछि अर्को फेर्ने चलन चल्ती भएपछि
योभन्दा अचम्म त के होला र दुनियाँमा
मर्दा लाने कात्रोमा पनि खल्ती भएपछि

म रुने तिमी हाँस्ने दिन आएपछि
म हेर्ने तिमी नाच्ने छिन आएपछि
योभन्दा बढी पीर के पर्ला र मनमा
माया गर्ने मुटुमा पनि घिन आएपछि

आज भोली तिम्रो प्यार कच्चा हुँदै गयो
तिमी प्रति मैले गर्ने प्रेम सच्चा हुँदै गयो
खै के भनौँ के नभनौँ तिमीलाई अकमक भएँ
हुर्किएर बढेको माया पुनः बच्चा हुँदै गयो

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *