अशोक शेरचनले दिए बागलुङका पत्रकारलाई प्रेस ज्याकेट र सुरक्षा सामग्री

आदर्श अनलाईन, बागलुङ
कोरोना कहरका बीच अग्रपङ्तीमा रहेर समाचार संकलन गरिरहेका बागलुङका पत्रकारहरुलाई प्रेस ज्याकेट, माक्स तथा सेनिटाइजर वितरण गरिएको छ । प्रभु बैंकका कार्यकारी निर्देशक अशोक शेरचनको सहयोग तथा नेपाल पत्रकार महासंघ बागलुङ शाखाको संयोजनमा पत्रकारलाई प्रेस ज्याकेट लगायतका सुरक्षा सामाग्री आज बिहान बागलुङमा क्रियाशिल पत्रकारहरुलाई हस्तान्तरण गरिएको हो ।

यसअघि पनि अशोक शेरचनले गृह जिल्ला बागलुङका अधिकांश स्वास्थ्य संस्था तथा अस्पताललाई पीपीई, थर्मल गन, सेनिटाईजर, माक्स तथा ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री सहयोग गर्दै आउनुभएको थियो । कामको शिलशिलमामा काठमाण्डौमा भएपनि संकटको घडीमा गृहजिल्लालाई केही स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गर्दै आएको अशोक शेरचनले जानकारी दिनुभयो ।

बागलुङ जिल्लाका ५० जना पत्रकारलाई ज्याकेट लगाएका सुरक्षा सामाग्री सहयोग गरिएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले जानकारी दिनुभयो । “हामीले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा तेस्रो चरणको सुरक्षा सामाग्री प्रदान गरेका छौं” अध्यक्ष शिरिषले भन्नुभयो “कोरोना कहरका बीच फिल्रड रिपोटिङमा खट्ने पत्रकारहरुलाई सहज हुनेछ ।” अध्यक्ष शिरिषले लकडाउनका कारण समस्यामा परेका श्रमजीवि पत्रकारहरुलाई राहत प्याकेज समेत उपलव्ध गराउदै आएको पत्रकार महासंघ बागलुङका सचिव राम थापाले जानकारी दिनुभयो ।

पत्रकारले आफु सुरक्षित रहेर जनतालाई सुसुचित गराउनुपर्ने भएकाले पत्रकारहरुलाई सहजरुपमा समाचार संकलन गर्ने बातावरण तयार पार्दै आएको महासंघ जिल्ला शाखा बागलुङले जनाएको छ । अशोक शेरचनले ५० थान पत्रकार महासंघ बागलुङ अंकित प्रेस ज्याकेट, १५ लिटर सेनिटाईजर र ३०० थान माक्स सहयोग प्राप्त भएको थियो । महासंघले गाउँ–गाउँमा क्रियाशिल पत्रकारहरुलाई समन्वय गरी सुरक्षा सामाग्री पठाउदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *