कोरोना संकट, बन्दाबन्दी र विकल्प

सम्पादकीय
विश्व समुदाय अहिले कोरोना भाइरसका कारण त्राहिमाम छ । जब्बर महाशक्तिशाली ठान्ने राष्ट्रदेखि विकास तर्फ उन्मुख हुँदै गरेका साना देशहरु कोरोनाले ग्रस्त छन् । मानिसहरुका दैनिक एकाएक फेरिएका छन् । चाहे त्यो नेपालको होस् या अरु विकसित देशका नागरिकको । चाहे दुर गाउँका नागरिक होसे या सुविधा सम्पन्न शहरका नागरिकको होउन् । सबैको दैनिकी एकै खालले बितिरहेको छ । कोरोनाले आम मानिसलाई सानो संसार भित्र कैद गरिरहेको छ । र अनेक सोच र सपनाका बाबजुद कोरोना भाइरसका अघि लाचार बनेर सकसपूर्ण दैनिकी व्यतित गर्न बिवश छ ।

मानव सृष्टि यताकै जटिल संकट भोगिरहेका देशहरु अहिले कोरोना जोखिम रोक्नेमा मात्र केन्द्रित छन् । कोरोना जोखिम रोक्ने एक अचुक अस्त्रका रुपमा नेपालमा पनि अहिले लकडाउन जारी छ । लकडाउनले साढे दुई महिना अवधि पार गर्न लाग्दा पनि अझै अनिश्चियको भुमरीमा छौ । लकडाउनले निश्चय कोरोनाले देशमा भयावह महामारीको अवस्था आउन पाएको छैन । तर, लकडाउनले आम जनजीवन, दैनिक र भविष्यलाई अन्यौलता तर्फ धकेलेको छ । ४५ दिन बढि समयदेखिको लकडाउन (बन्दाबन्दी)ले बिशेष गरि श्रमिक, मजदुर, गरिब बिपन्न समुदाय कष्टकर दैनिकी गुजार्न बाध्य छन् । अरु उद्योग, कलकारखाना, व्यापार व्यावसाय पनि संकटमा देखिएका छन् । साना लगानी गरेर व्यापार व्यवसाय, फर्म या अरु उद्यममा लागेकाहरु पनि अझ बढि समस्यामा परेका छन् । अब यो कोरोना संकटबाट चैत्र ११ अघिको नियमित दैनिकी र सामान्य अवस्थामा फर्किन कति महिना या बर्ष लाग्ला ? कति नागरिक त आफ्नो कर्म, सपना र योजनाको पुरानो नियमिततामा फर्किनै नसक्ने अवस्थामा पुगेका छन् ।

अब कोरोना भाइरसको जोखिम र संकट कहिले सम्म ? अनि अहिले देशमा जारी लकडाउन कहिले सम्म ? पहिलो प्रश्न जटिल र संशयुपूर्ण छ । यसबाट हामीले कहिले मुक्ति पाउँछौ ? या कहिले भाइरस सकिएला ? या यसको औषधि पत्ता लाग्ला । यो धेरै सोचनीय बिषय भयो । तर, दोस्रो प्रश्नका सवालमा अहिले तत्काल कोरोना जोखिम रोक्न जारी लकडाउन मात्रै मात्र लम्बाएर अब हाम्रो जस्तो देशमा सहज र सम्भव देखिदैन । सायद यही बुझाई र निष्कर्षले होला सरकारले लकडाउन विस्तारै खुकुलो बनाउने नीति लिएको छ । ४० भन्दा बढि उद्योग कलाकारखाना, योजना आयोजना निर्माण कार्यहरु सञ्चालन गर्ने निर्णय गरिसकेको छ । अब बिस्तारै खुकुलो बनाउँदै बाह्य आवागमन रोकेर आन्तरिक रुपमा सम्भाव्य सुरक्षा सचेतताका विकल्प आत्मसाथ गर्न तर्फ केन्द्रित हुन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *