जेसिज गाउँ भकुण्डेलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

आदर्श अनलाइन बागलुङ
बागलुङ जेसिज भकुण्डे गाउँलाई आइतबार स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । जेसिज बागलुङका पूर्व सदस्य तथा प्रभु बैंकका कार्यकारी निर्देशक (सिइयो) अशोक शेरचनले बागलुङ जेसिज मार्फत भकुण्डे गाउँलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गर्नुभएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम र उपचारका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरिएको हो । बागलुङ जेसिजलाई प्राप्त सामग्री आवश्यकता अनुसार प्रयोगमा ल्याइने छ ।

शेरचनले सहयोग गरेका स्वास्थ्य सामग्रीलाई बागलुङ जेसिजले घोषणा गरेको जेसिज गाउँ भकुण्डेमा ४ सय थान सर्जिकल माक्स, १० लिटर सेनिटाईजर र १ थान थर्मलगन हस्तान्तरण गरिएको थियो भने बाँकी ४ सय थान सर्जिकल माक्स, १० लिटर सेनिटाईजर र १ थान थर्मगन आवश्यक परेको स्थानमा सहयोग दिने बागलुङ जेसिजका अध्यक्ष सुरेन्द्र शाक्यले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै सहयोग दाता अशोक शेरचनले युवाहरुलाई सकरात्मक बाटोमा लैजानका लागि जेसिजको ठूलो भुमिका रहेको र आफु पनि पूर्व जेसिज भएका कारणले सेवा नै धर्म रहेको भन्दै सहयोग गरेका बताउनुभयो ।

शेरचनले गृह जिल्लामा कोरोना रोकथामका स्वास्थ्य चौकी तथा अस्पताललाई पीपीई, माक्स, थर्मल गन लगायतका सामग्री सहयोग गर्दै आउनुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रमा नेपाल पत्रकार महासंघ बागलुङ अध्यक्ष दिल शिरिषको शुभकामना मन्तव्य, बागलुङ जेसिजका अध्यक्ष सुरेन्द्र साक्यको धन्यबाद मन्तव्य र महासचिव आनन्द रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *