गलकोटमा ट्याक्टर दुर्घटना, चालक घाइते

डम्मर बुढा मगर,बागलुङ

बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ मा ट्याक्टर दुर्घटना भएको छ ।

सोमबार बिहान पौने ३ बजे बागलुङदेखि गलकोट तर्फ जाँदै गरेको ध १ त ४९ नम्बरको ट्याक्टर गलकोट नगरपालिका वडा नम्वर २ को भुङ्खानीमा दुर्घटना भएको गलकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले जानकारी दिनुभयो ।

दुर्घटनामा ट्याक्टर  चालक विक्रम विक घाइते भएको उहाँको भनाई छ । उनको गलकोट स्थित आरोग्य हस्पिटलमा उपचार भएइरहेको अध्यक्ष भण्डारीको भनाई छ । उनको अवस्था सामान्य रहेकोे बताईएको छ ।

ट्याक्टर सडकबाट करिब ६ सय मिटर तल खसेको अनुमान गरिएको छ । ट्याक्टरले खाद्यान्न सामग्री र ग्यास सिलिन्डर लिएर आएको भण्डारीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *