तीन मुक्तक : यादहरुको पसल विक्रीमा

डम्मर बुढा मगर
यादहरुको पसल विक्रीमा छ, किन्छौ र तिमी
म देखि टाढिएको मान्छेलाई, चिन्छौ र तिमी
हर रात हर दिन उसैको, लाग्छ चिन्ता अझै पनि
अलिकति यादको पाउर, पु¥याइ दिन्छौ र तिमी

सुस्तरी सुस्तरी फर्किँदै छु, अतितको शहरमा
बेच्न खोजेको छु, यादहरुको पसल रहरै रहरमा
जता गयो त्यतै देख्छु, तिम्रो तस्बिरको होर्डिङ बोर्ड
स्वार्थी यो बजारमा, डुल्दा डुल्दै खसाएछौ नहरमा

याद बेचेरै जिन्दगी चलाउँछु भन्याछु
तिम्रा याद आउने चिज जलाउँछु भन्याछु
कति सम्भव छ होल, कति असम्भव होला
पैसामा पिरती किन्नेको शिर ढलाउँछु भन्याछु

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *