साधना पन्त, बागलुङ
‘देशमा कोरोना संकट छ । मजदुरहरुलाई यस्तै ठुला लाग्ने संकट त दैनिक आइरहन्छ’ म्याग्दी दरबाङका राजेन्द्र विकले भन्नुभयो, ‘एक बर्ष पहिले ६ जनाको परिवारलाई आफ्नो एकल पाखुरीको भरमा पाल्ने आँट बोकेर बागलुङ आएको थिए,्र कोरोना रोगले होइन, यसको प्रभावले बेस्सरी थलिएको पीडाको महुशुस गरिरहेको छु ।’
अरुलाई ठेस नलागोस्भनेर सधै बाटोघाटो बनाएर हिड्ने गरेको उल्लेख गर्दैै राजेन्द्रले अहिले गरेर खान्छु भन्दा पनि नपाएको पीडाको दर्दनाक कथा सुनाउनुभयो । स–सना दुई छोराछोरीलाई आफ्नै छत्रछाँयामा हुर्काउने,पढाउने र बुढाबुढीले मजदुरी गर्ने उद्धेश्य लिएर चार वर्ष सम्म साउदीबाट फर्किनु भएका बिक्रले वर्षदिन नहुँदै राहात माग्ने अवस्थामा पुगेकोमा निकै ग्लानीको महुशुस भएको बताउनुभयो ।
सरकारले लकडाउन घोषणा गरेपछि दैनिक ज्याला मजदुरी गर्नेहरु भोकै बस्न नपरोस् भनेर स्थानीय सरकारले राहात वितरण ग¥यो । सोही अनुसार राजेन्द्रले दुई पटक गरेर १० केजी चामल राहत स्वरुप पाएको बताउँनुहुन्छ । ‘ठुलो परिवार, ठुलै भान्छा’ राजेन्द्र भन्नुहुन्छ, ‘आफ्नो आम्दानी ठप्प छ, विहान, दिउँसो, बेलुकी जतिवेला पनि त्यँही खाँदा १५ दिन पुगेन ।’ कहिल्यै पनि मागेर खान नपरोस् भन्ने सोचे पनि अहिले कमाएर खाने बाटो बन्द हुँदाको पीडा सुनाइ नसक्नुको भएको उहाँको भनाई छ । ‘आजभोली त न दिनमा भोक छ, न रातमा निद्रा । जहान सुतेपछि भोलिको दिन कसरी कटाउने सोचेरै आफ्नो रात वित्ने गरेको छ,’बिकले भन्नुभयो । राजेन्द्रले राति निद्रा नलागे पछि एकाविहानै उठेर बाँसुरी बजाउदै पैसा उठाएर छाक टार्ने गरेको बताउँनुभयो । ‘कोरोनाको डर एकातिर छ,’ उहाँले भन्नुभयो, ‘अर्को तर्फ महिनौदेखिको लकडाउनले काम खोसियो, अहिले निद्रा हराएको छ ।’
अहिले बानपा २ सिर्जना टोलमा बस्दै आउनुभएका राजेन्द्रले काम नभए पछि घरमा बस्दा तनाव मात्रै भएको गुनासो गर्नुभयो । स्थानीय निर्माण व्यवसायीसँग मिलेर सडक निर्माण, भवन निर्माणको काम गर्दै आउनुभएका राजेन्द्रले काम गरेर पाउनु पर्ने पैसा समेत कोरोनाकै कारणले रोकिएको बताउनुभयो । रकम निकासा नभए पछि थप काम गर्ने बातावरण समेत नभएको बिकको गुनासो थियो ।