डेंगु ज्वरो : संक्रमण र त्यसबाट बच्ने उपाय

लक्ष्मण ढकाल

डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग हो । डेंगु ज्वरो डेंगु भाईरसको संक्रमणवाट लाग्ने सरुवा रोग हो । यो रोग विषाणुद्धारा संक्रमित भएको एडिज एजिष्टाई जातको पोथी लामखुट्टेले सार्दछ । विश्वमा वर्षेनी करिब ३९ करोड मानिसमा यसको संक्रमण हुने तथा ९ करोड ६० लाख जना मानिसमा लक्षण तथा चिन्हहरु देखिने गरेरको विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ । यसको प्रकोप मुलत उष्ण हावापानी भएका क्षेत्रहरुमा पाईन्छ तर आजभोलि यसको प्रकोप विश्वव्यापी रुपमा फैलिदै गएको छ ।

डेंगु ज्वरो सार्ने लामखुट्टेले सफा पानीमा फुल पार्ने गर्दछ । त्यस्ता लामखुट्टे पानी जम्ने टिनका डब्बाहरु, रंगका खालि डब्बाहरु, टायर टियुव, खाली ड्रमहरु घर कौसिमा राखिने गमला, फुलदानी एयर कन्डिसनर, पानीको ट्याङकी आदिमा फुल पार्दछन । यि लामखुट्टेले दिउसोको समयमा मात्र टोक्ने गर्दछन ।

यो रोगमा एक्कासी उच्च ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन्छ । असाध्यै धेरै टाउको दुख्ने, आखाको गेडी तथा आखाको पछिल्लो भाग दुख्ने, शरिरमा बिमीरा आउने, हाड जोर्नी तथा मांसपेशीहरु दुख्ने, रक्तश्राव हुने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गीजाबाट रगत बग्ने, रक्तश्राब हुने वा रगत जमेको चक्का देखा पर्ने, शरीरमा निल डाम देखा पर्ने, अन्तमा बेहोस हुने आदी जस्ता लक्षणहरु देखिन्छन ।

डेंगु ज्वरो विषाणु (भाईरस) को कारणवाट लाग्ने भएकाले यसको वास्तविक रुपमा कुनै किसिमको उपचार छैन । तर बिरामीमा देखिएका लक्षणहरुको आधारमा उपचार गरिन्छ । ज्वरो घटाउन सिटामोल र प्रसस्त पानी वा झोल पदार्थ पिउनु पर्दछ । त्यसैले यस्ता लक्षण देखिनासाथ डेंगु ज्वरोवाट देखिने जटिलताबाट बचाउन तुरुन्त स्वास्थ्य सस्था लैजानु पर्दछ ।

डेंगु ज्वरोबाट बच्नेको लागि सबैभन्दा राम्रो उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो त्यसैले लामखुट्टेको वृद्भि र विकासमा नियन्त्रण गर्ने, घर आगन कौसिको हरहमेसा सरसफाई गर्ने र पानी जम्ने भाडाहरु जस्तैः गमला, खाली बट्टा, खाली ड्रमहरु, गाडीका टायरहरु आदीमा पानी जम्न नदिने, पानि जम्ने, पानीको नाली, ढल, पोखरी आदिमा हप्ताको २ पटक डढेको मोविल वा मट्टितेल छर्कने, पानीक ट्याङ्की खालि गरि सफा गर्ने, खानेपानीको ट्यङ्की राम्रोसँग ढाक्कन लगाएर राख्ने यस रोगका लामखुट्टेले दिउसो टोक्ने हुदा लामा बाहुला भएका कपडा लगाउने, दिउसो सुत्दा झुलभित्र सुत्ने, लामखुट्टेको टोकाइबाट बच्न मलमहरुको प्रयोग गर्ने, सम्भव भएसम्म झयलढोकामा जाली लगाउने आदि रहेका छन । डेंगु ज्वरो विरुद्ध अहिलेसम्म कुनै खोपको विकस नभएको तथा उपचार पनि वास्तविक नभएको हुँदा लामखुट्टेको टोकाइवाट बच्नु नै उत्तम उपाय हो ।

लेखक बागलुङ नगरपालिका, नगर स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *