नगरपालिकामा खुट्टाले थिच्दा साबुन पानी खस्ने धारो

आदर्श अनलाईन, बागलुङ

कोरोना भाइरस रोकथामका विभिन्न ठाउँमा विभिन्न प्रविधिको विकास भइरहेको छ । यसै सन्र्दभमा हातले नछोइकन पानी र साबुनले हात धुनका लागि यहाँका ईन्जिनियरहरुले निर्माण गरेको खुट्टाले चलाउन मिल्ने धारोकोे बागलुङ नगरपालिकालाई मंगलबार हस्तान्तरण गरिएको छ ।

हात धुन मिल्ने धारो (फुट अप्रेड ह्यान्ड वास औजार) एक कार्यक्रमका बीच नगरपालिकाका प्रमुख जनकराज पौडलले उक्त धारो उद्घाटन गर्नुभयो । उद्घाटपछी बोल्दै प्रमखु पौडेलले संक्रण रोक्नका लागि नयाँ प्रविधिको धारोले सहयोग पुग्ने बताउनुभयो ।

बागलुङ नगरपालिकामा कार्यरत ईन्जिनियरहरुको विशेष सहयोगमा दुईवटा खुट्टाले चलाउने धारो निर्माण गरिएको निर्माणमा सहभागी ईन्जिनियर गौरव शर्माले जानकारी दिनुभयो । बढी मानिसको आवत जावत हुँने अस्पतालमा, सरकारी कार्यालय लगायतका स्थानमा खुट्टाले चलाउने धारो उपयोगी हुँने उहाँको भनाई रहेको छ ।

धारोमा दाया खुट्टाले थिच्दा झोल साबुन खस्नेछ भने र बाँया खुट्टाले थिच्दा पानी खस्ने छ । हेर्दा निकै सामान्य लाग्ने उक्त प्रविधि युक्त धारो कोराना भाइरस रोकथामका लागि निकै उपयोगि हुने ईन्जिनियरहरुको दावी रहेको छ । खुट्टाले थिच्दा साबुन पानी आउने औजार कोरोना भाइरस सकिएपछि पनी बहु–उपयोगी हुने ईन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो ।

हस्तान्तरण कार्यक्रममा इन्जिनियर गौरव शर्माले धारोको विषयमा जानकारी गराउनुभयो । एउटा धारो निर्माणका लागि रु. २५ हजार मात्र खर्च हुने छ । नगरपालिकामा कार्यरत इन्जिनियर गौरव शर्मा र मनोज शर्माको नेतृत्व र घनस्याम रिजाल, रोशन पराजुली, दिपेन्द्र रेग्मी र राम प्रसाद आचार्यको सहयोगमा निर्माण गर्नुभएको हो । यस अघि धौलागिरी अञ्चलका इीनजनियरहरुले खुट्टाले चलाउने धारो धौलागिरी अञ्चल अस्पताल तथा जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिसकिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *