सिमा रक्षाका गर्नभन्दै सरकारलाई नेवि संघ बागलुङको ज्ञापन पत्र

आदर्श अनलाईन, बागलुङ
नेपाल विद्यार्थी संघले आज ७७ वटै जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएको छ ।

भारतले नेपालीको सिमा मिचेर चिन जोड्ने सडक निर्माण गरेको प्रति आपत्ति जनाउँदै ज्ञापन पत्र बुझाएको हो ।

यसै सन्दर्भमा बागलुङमा पनि नेवि संघले प्रमुम जिल्ला अधिकारी गौलोचन सैंजूलाई ज्ञापन पत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई छिटो सिमा विवाद टुङ्याउन भन्दै ज्ञापन पत्र बुझाएको संघका जिल्ला अध्यक्ष खडक थापा मगरले बताउनुभयो ।

ज्ञापन पत्र बुझाउँदै अध्यक्ष थापाले दुई तिहाईको सरकारले पटक–पटक सिमा विवाद हुँदा पनि समाधान गर्न नसकेको बताए ।

उनले केही समय अगाडी सिमा मिचेर नक्सा सार्वजनिक हुँदा पनि कुनै पहलकदमी अगाडी बढाउन नसको भन्दै सरकारको नालायकपनले गर्दा भारतले नेपालको सार्वभौम माथि हस्तक्षेप गरिरहेको बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *