आयातित सामग्रीहरुको ग्राफलाई हाम्रै उत्पादनले पुर्ति गरि निर्यातित वस्तुको ग्राफलाई उल्टो बनाउन सकेमा कोरोना समस्याका रुपमा नभई विश्व जगतमा अव छाउने नया अर्थ व्यवस्थामा नेपालको हैसियत राम्रो देशका रुपमा रुपान्तरण गर्न सक्ने अवसर पनि हुन सक्छ ।
–खड्क थापा मगर
विश्व जगत नै अहिले एक डरलाग्दो संक्रामक रोग कोरोना भाईरस (कोभिड १९) का कारण आक्रान्त छ । मानविय विकासका साथसाथै अनेक खाले महाविपत्ति र विनाशहरु पनि विश्वले सामना गर्नु परिरहेकोे छ । अंग्रेजी वर्ष २०१९ को अन्त्य र नयाँ वर्ष २०२० को सुरुवातमा चीनको वुआन प्रान्तवाट शुरु भएको यो सरुवा रोग तेश्रो विश्वयुद्धको रुप धारण गर्दै विश्वका २१२ मुलुक र २ वटा पानी जहाजमा फैलिएर विश्वका सवैजसो देशहरुको टाउको दुखाईको विषय वनेको छ । यही रोगका कारण विश्वका पहिलो राष्ट्रको हवाला दिने धेरे देशहरुले आफ्ना नागरिकहरुको जिउ धनको रक्षा गर्न सकेनन् र दुई लाख ८० हजार भन्दा धेरै मानिसहरुको ज्यान गएको छ । विभिन्न समयमा केहि वेर लोडसेडिङ हुदाँ या बन्द हुदा करोडौको घाटा हुन्छ भनि दुहाई दिने अर्थविदहरु अहिले विश्व नै लकडाउन या बन्दावन्दिको अवस्थामा हुँदा विश्व अर्थतन्त्रमा परेको प्रभाव र असरका बारेमा वेखवर जस्तै बनेर वन्दावन्दिको सामना गरिरहेका छन् । हुन त यो भन्दा महत्वपुर्ण औषधि नभएकोले पनि लकडाउनको विकल्पलाई विश्व जगतले अवलम्वन गर्न बिवश छन् ।
अर्थतन्त्र भन्दा नागरिकहरुको रक्षा गर्नु राज्य सञ्चालकको दायित्व हो भनेर विश्वभरका मुलुकका सरकारहरुले वन्दावन्दिको रणनीति अख्तियार गरेका हुन् भन्नुमा दुई मत छैन । यहि बन्दावन्दिका कारण सरकारी, नीजि तथा कर्पोरेट सवै कार्यलयहरु वन्द या सिमित खाले काममा मात्र सिमित रहेका छन् । विश्वभर फैलिएको यो संक्रामक रोगवाट नेपाल पनि अछुतो रहन सकेन । नेपालमा सयमा वढिको संख्यामा संक्रमितहरुको पुष्टि भएको छ भने ३१ जना जति उपचार पछाडी घर फर्किएका छन् । एउटा खुशीकै बिषय मान्नुपर्दछ कि विश्वभभर मान्छे मर्नेहरुको शिलशिलामा करिव तीन सयको हाराहारीमा पुग्दा नेपालमा मर्नेको संख्या शुन्यमा छ ।
विश्व जगतले सामना गरिरहेको कोरोना भाईरसका कारण नेपाल गत चैत्र १० गतेदेखि लकडाउन या बन्दावन्दिको क्रममा छ । यस समयमा नेपालका अति व्यस्त लाग्ने शहरहरु खाली खाली जस्तै र शुन्य जस्तै लाग्ने अधिकांश गाउँघरहरु भरिभराउ छन् । यसपाली चैते दशै बर्षे दशै या विजया दशमी जस्तै भएको छ । गाउको महत्व यसपाली बढेर गएको छ । नेपालमा धेरै गाउँका युवाहरु विदेशको भुमिमा श्रमका लागि विदेशिएका छन् । विश्वभर फैलिएको यो संक्रामक रोगका कारण ती नेपालीहरु आफ्नो जन्मभुमीमा आउने चाहना राखेका छन् भने त्यसका लागि पनि आवाजहरु उठिरहेका छन् । उनीहरुको नेपाल आउने चाहना पुरा पनि गर्नुपर्दछ । अहिले उनीहरु नेपाल आउने हो भने नेपाल झनै भरिभराउ हुनेछ भने नेपालको हाल भइरहेको उत्पादन या यो उत्पादन प्रणालीले थाम्न सक्दैन । गत आर्थिक वर्षको नेपालमा आयात गरिएको कृषि सामग्रीहरुको तथ्यांकलाई हेर्दा हाम्रो वानी उत्पादन गरेर खाने परिपाटीमा भन्दा आयातित सामग्रीहरुको प्रयोगमा बानी परिसकेको ज्ञात हुन्छ ।
विदेशवाट आयातित कृषि वस्तु
कृषि वस्तु रकम
दाल गेडागुडि ४५ अर्व ४१ करोड केरा ५३ करोड ८४ लाख
चामल २८ अर्व ९० करोड कागति ४३ करोड १५ लाख
खाने तेल २६ अर्व ९३ करोड गोलभेडा ३० करोड २४ लाख
रसायनिक मल १५ अर्व २७ करोड सुकुमेल २० करोड ४६ लाख
मकै १२ अर्व ५४ करोड वेसार १६ करोड ७६ लाख
तरकारी १२ अर्व २९ करोड अदुवा ८ करोड ७१ लाख
जडिवुटि ११ अर्व ३४ करोड कोदो ३ करोड ८४ लाख
स्याउ ५ अर्व ६३ करोड फापर ३ करोड १६ लाख
प्याज ४ अर्व ८५ करोड आरुवखडा २ करोड २५ लाख
कृषि यन्त्र ४ अर्व ५५ करोड मिनिरल वाटर २ करोड ९९ लाख
मासु ४ अर्व ३३ करोड स्विट कर्न १ करोड ९४ लाख
तोरी ९७ करोड १३ लाख उखु १ करोड १८ लाख
लसुन ६१ करोड ३९ लाख एभोकाडो १ करोड ४ लाख
आलु ६० करोड ३२ लाख जौ ७५ लाख १६ हजार
सुन्तला ५७ करोड ९४ लाख च्याउ २५ लाख ५०हजार
विदेश निर्यातित कृषि वस्तु
कृषि वस्तु रकम कृषि वस्तु रकम
अलैचि ४ अर्व ८४ करोड जडिवुटि १ अर्व १३ करोड
जुस ४ अर्व ७६ करोड गेडागुडि १ अर्व १ करोड
चिया ३ अर्व २५ करोड अदुवा ७७ करोड २४ लाख
श्रोत: व्यापार तथा निकासी पर्वद्धन केन्द्र
माथिको तथ्याङ्कलाई हेर्दा हामीले वाहिर पठाउने सामग्री भन्दा हजारौ गुणा आयात गर्ने गरेको तथ्यलाई प्रमाणित गर्दछ । पुर्खाले पाखुरी वजारेर उब्जाउ बनाएका धेरै जग्गाहरु बाझिइसकेका छन् भने यो क्रम निरन्तर रुपमा वढ्दै गएको छ ।
यहि तथ्यलाई दृष्टिगत गरि हाल भरिएका गाउँहरुलाई उत्पादनले भर्न सकेमा पुर्खाहरुले बनाएका उव्जाउ जमिनमा नयाँ कृषि प्रविधिको प्रयोग गरि उब्जनी गरेमा र माथीको तथ्यांकले देखाएको आयातित सामग्रीहरुको ग्राफलाई हाम्रै उत्पादनले पुर्ति गरि निर्यातित वस्तुको रुपमा सो ग्राफलाई उल्टो बनाउन सकेमा कोरोना समस्याका रुपमा नभई विश्व जगतमा अव छाउने नया अर्थ व्यवस्थामा नेपालको हैसियत राम्रो देशका रुपमा रुपान्तरण गर्न सक्ने अवसर पनि हुन सक्छ ।
-लेखक थापा बागलुङ जिल्ला काठेखोला गाउपालिका वडा नम्बर १ का अध्यक्ष हुनुहुन्छ । राजनीति र समाजसेवामा सक्रिय थापा साहित्यिक लेखनमा पनि उत्तिकै रुची राख्नुहुन्छ)
3lak vannr ma 3 saya vayaxa .to thik xa.socha rahexa suruwat kasari gardai hunuhunchha .tapaiko tarfa bata yaska lagi k k sahayog garna saknu hunchha baja jamin lai kheti garna layak sichai subida garnu pareo khad ji
Thank you so much khadak ji