एक साताका लागि गलकोट नगरपालिका सिल

डम्मर बुढा मगर, बागलुङ
गलकोट नगरपालिका एक साताको लागि सिल गरिने भएको छ । हिँजो (मंगलबार) पर्साको छिपहरमाई गाउँपालिकाका १४ मजदुरमा कोरोना पुष्टि भएपछि नगरपालिका सिल गरिने भएको हो ।

उनीहरु सहित ८४ जना यहि बैशाख ११ गते गलकोटबाट गृह जिल्ला फर्किएका थिए । नगरपालिकाले उनीहरुले बारम्बार गृह जिल्ला फर्काउनका निम्ति आग्रह गरिरहेको हुँदा दुई वटा बस व्यवस्थापन गरेर पठाएको थियो ।

गलकोट नगरपालिकाको विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले आज राति १२ बजेदेखि एक साताको लागि नगरपालिका सिल गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

नगरपालिकाले एक हप्ता कोही नागरिकलाई घर बाहिर नजान आग्रह गरेको छ । यो अवधीमा संचालनमा आएका विकास सबै विकास निर्माणका काम रोक्ने, वित्तिय संस्था तथा बैंक ठप्प हुने प्रवक्ता भण्डारीको भनाई छ ।

नगरपालिककाले एक हप्ताको अवधीमा कोरोना पुष्टि भएका पर्साका मजदुरहरु बस्दै आएको क्षेत्रका, उनीहरुले काम गरेको ठाउँका र सम्पर्कमा आएका नागरिकहरुको स्वाब परिक्षण गरिने भण्डारीले जानकारी दिनुभयो ।

‘ति मजदुरहरुमा कोरोना संक्रमण पुष्टि भएपछि गलकोटमा अलिकति भयवह अवस्था सिर्जना भएको छ,’ प्रवक्ता भण्डारीले भन्नुभयो ‘हामीले एक हप्ता सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्ने र अवस्था कस्तो हुन्छ त्यो अनुसार सिल खोल्ने छौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *