नेपाली भूमि अतिक्रमणको सांकेतिक विरोध

आदर्श अनलाईन बागलुङ
नेपाली भूमि अतिक्रमण गरी भारतले मानसरोबर जाने सडक बनाएको भन्दै बुधबार बागलुङमा सांकेतिक विरोध गरिएको छ । बागलुङका नागरिक अगुवाले कालापानी, लिम्पियाधुरा र लिपुलेकोको अतिक्रमण बन्द गर्नुपर्ने भन्दै सांकेतिक विरोध गरिएको छ ।

बागलुङ बजारको लोकतान्त्रिक चोकमा गो व्याक इन्डिया लेखेको व्यानर प्रदर्शन गरी विरोध जनाईएको नागरिक अधिकारकर्मी राम शर्माले जानकारी दिनुभयो । कार्यक्रममा पञ्चकोटमा अध्यक्ष ऋषि प्रपन्नचार्य, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, गैर सरकारी संस्था महासंघका अध्यक्ष मुक्ति सापकोटा लगायतले भारतिय विस्तारवादको अन्त्य हुनुपर्ने बताएको थिए ।

कार्यक्रमको नागरीक अधिकारकर्मी राम शर्माले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नागरिक अगुवा तथा पत्रकारको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *