भोलीदेखि बागलुङमा लकडाउनमा थप कडाई गरिने

आदर्श अनलाइन,बागलुङ

फितलो बन्दै गएको लकडाउनलाई जिल्लाभर थप कडाई गरिने भएको छ ।

जिल्ला कमाण्ड पोष्टको आयोजनामा बागलुङका १० वटै स्थानीय तहका प्रमुख, राजनीतिक दल, नागरिक समाज र सरोकारवाला सहितको बैठकले अहिलेको जोखिमको एक मात्र विकल्प प्रभावकारी लकडाउन भएको निष्कर्ष सहित यस्तो निर्णय गरेको हो ।

बैठकमा सहभागीले कोरोना जोखिम बढ्दै गए पनि लकडाउन फितलो भएको भन्दै थप कडाई गर्न सुझाव दिएका थिए । जिल्लामा दुई संक्रमित निको भए पनि गलकोटबाट गएका १४ मजदुरमा कोरोना संक्रमण देखिए पछि फेरी तरंगित बनेको छ ।

लकडाउनलाई प्रभावकारी बनाउन स्थानीय प्रहरी प्रशासन सहित स्थानीय तहको संयोजनमा मुख्य सदरमुकाम सहित बजार, छिमेकी जिल्लासँग सडक सञ्जाल जोडिएका नाकाहरुमा बिशेष निगरानी गर्ने र अनावश्यक आवागमनमा रोक लगाउने निर्णय बैठकले गरेको बागलुङका प्रमुुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिनुभयो । बाहिरी जिल्लाबाट आउनेहरुको अनिवार्य रुपमा नाम, ठेगाना, सम्पर्क नम्बर सहित बिवरण राखेर क्वारेन्टाईनमा राख्ने निर्णय भएको प्रजिअ शैजुले बताउनुभयो ।

बागलुङ बजारसँग जोडिएको मालढुंगा नाका, प्रदेश नम्बर ५ को गुल्मी जिल्लासँग जोडिएको कालिगण्डकी कोरिडोरको पालुङ्खोला नाका, शान्पिुरसँग जोडिएको बरेङ बाटाचौर नाका, मुसिकोटसँग जोडिएको खर्वाङ नाका, रुकुम र रोल्पासँग जोडिएको भल्कोट नाका, म्याग्दीसँग जोडिएका लमान, ताराखोला र ढोरपाटन नगरपालिकाका नाका तथा म्याग्दीको रत्नेचौरसँग जोडिएको कुँडुले नाकामा निगरानी बढाउने निर्णय गरेको उहाँको भनाई छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *