नेविसंघ नेता परियारद्वारा बानपा—१४ लाई स्वास्थ्य सामग्री सहयोग

आदर्श अनलाइन, बागलुङ
नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष सागर परियारले बागलुङ नगरपालिका—१४ लाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विश्वभर फैलिएको (कोभिड १९) कोरोना भाइरसको जोखिमलाइ मध्यजर गर्दै बागलुङ नगरपालिकालाई उक्त स्वास्थ्य सामग्री परियारले प्रदान गरेका हुन् ।

नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि समेत रहेका परियारले बुधबार बानपा—१४ का अध्यक्ष चक्रबहादुर क्षेत्रीलाई मास्क, सेनिटाईजर तथा ग्लोब्स हस्तान्तरण गरे । उनले उक्त सामग्री व्यक्तिगत खर्चमा उपलब्ध गराएका हुन् ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै नेता परियारले कोरोना भाईरसको अहिलेसम्म कुनै पनि उपचार पद्धतिको विकास नभएकाले आफु परिवार र समाजलाई सुरक्षित राख्न सबैले साबधानी अपनाउनुपर्ने बताए ।

‘कोरोनाको औषधी बनेको छैन, साबधानी अपनाउनु नै यसबाट जोगिने उपाय हो,’ परियारले भने,‘सचेत भएर सुरक्षाका उपायहरु अपनाउन सके हामी यसबाट जोगिनेछौं । कोरोनाको जोखिमबाट केही भए पनि राहत मिलोस् भनेर थोरै भए पनि स्वास्थ्य सामग्री सहयोग गरेको हुँ ।’

उक्त स्वास्थ्य सामग्रीले कोरोना भाईरससंग अग्रपंक्तीमा रहेर कोरोना विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै वडाध्यक्ष चक्रबहादुर खत्रीले सबैको सहयोगले कोरोनामा विरुद्ध जित हाँसिल गर्ने विश्वास व्यक्त गरे ।

‘अहिले नेपालमा पनि यसको प्रकोप बढ्न थालेको देखिन्छ,’ क्षेत्रीले भने,‘यसरी सबैको साथ र सहयोगबाट हामीहरु सचेत बन्दै अगाडी बढ्यौं भने यसबाट जोगिन सक्नेछौं ।’

उनले सरकाले घोषणा गरेको लक डाउन जिम्मेवारी पूर्वक पालना गरे कोरोनाबाट बच्न सकिने बताए । कार्यक्रममा बागलुङ नगरपालिका—१४ का वडा सदस्य पुष्पा केसी, नारायण श्रेष्ठ, नेविसंघका उपाध्यक्ष डिल्लीराम सुवेदी, नेविसंघ त्रिभुवन विश्वविद्यालयका सभापति कृष्ण शर्मा, वन विज्ञान अध्ययन संस्थान पोखराका अध्यक्ष सरोज रिजाल, समाजसेवी कमल जिसी लगायतले कोरोनाबाट बच्न सबै सचेत हुनुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *