कोरोना आशंकामा गलकोटकी एक महिला आइशोलेसनमा

डम्मर बुढा मगर, बागलुङ

बागलुङको धौलागिरी अस्पतालमा कोरोनाको आशंकामा एक वृद्धालाई आईशोलेसनमा राखिएको छ ।

गलकोट नगरपालिका वडा नम्बर ६ की ६५ वर्षीया वृद्धलाई रुघा, खोकी र ज्वरो आएको हुँदा उनलाई आइशोलेसनमा राखिएको धौलागिरी अञ्चल अस्पतालका सुचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।

वृद्धालाई ज्वरो र खोकी देखिएपछि उनको स्वाब संकलन गरी पोखरा पठाइएको हो । उनी ज्वरो आउने र रुघा खोकी लागेपछि बैशाख ३० गते गलकोट हटियामा रहेको आरोग्य हस्पिटलमा उपचारको लागि भर्ना भएकी थिइन् ।

समान्य उपचारपछि ज्वरो केही कम भएपछि उनलाई बैशाख ३१ गते डिस्चार्ज गरिएको आरोग्य हस्पिटलका संचालक मञ्जु शर्मा चालिसेले जानकारी दिनुभयो । बृद्धालाई श्वास प्रश्वासमा गाह्रो भएपछि बुधबार विहान धौलागिरी अस्पताल पठाइएको हस्पिटल संचालक शर्माको भनाई छ ।

उनलाई बुधबार बिहान गलकोटमा सञ्चालित दुई वटा एम्बुलेन्स बाहिर गएको हुँदा पिकअप जीपमा बागलुङ ल्याइएको शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *