जनकल्याण दुग्ध सहकारीको अध्यक्षमा पुनः धरणीधर शर्मा

आदर्श अनलाईन, बागलुङ

गण्डकी प्रदेश सभाका सांसद इन्द्रलाल सापकोटाले बागलुङ जिल्लाका दुग्ध उत्पादक सहकारी संस्थाहरुले जिल्लालाई दुधमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भुमिका खेलेको बताउनुभएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकामा सञ्चालित जनकल्याण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको १८ औं साधारणसभाको उद्घाटन गर्दै सांसद सापकोटाले जनकल्याण जस्तै दुग्ध उत्पादक सहकारी संस्थाका कारण जिल्लाको दुग्ध उत्पादक सहकारी संघ देशमै उत्कृष्ट समेत भएको बताउनुभयो ।

जिल्ला सहकारी संघ तथा बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले सहकारीहरुले पछिल्लो समय धेरै सहकारी उद्देश्य र नियम विपरित चलिरहेको अवस्थामा बागलुङका दुग्ध उत्पादक सहकारीले उद्धेश्य केन्द्रित भएर नमुना काम गरेको बताउनुभयो ।

सहकारीले १८ औं साधारणसभाबाट पुनः धरणीधर शर्माको अध्यक्षतामा नया“ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा कोपिला खरेल सापकोटा, सचिवमा लक्ष्मण सापकोटा, सह–सचिवमा सष्टबहादुर थापा, कोषाध्यक्षमा यादव प्रसाद आचार्य र सञ्चालकहरुमा रामप्रसाद सापकोटा, गुमा सापकोटा, कृष्णलाल सापकोटा, गोविन्द प्रसाद सापकोटालाई चयन गरेको छ । यस्तै साधारणसभाले भक्तिप्रसाद सापकोटाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ । समितिको सदस्यमा लक्ष्मी सापकोटा र कलाधर सापकोटा रहनुभएको छ ।

साधारणभाले संस्थाका ८१ जना शेयर सदस्यहरुलाई ४ लाख ७८ हजार मुनाफा वितरण गरेको छ । सो अवसरमा सचिव लक्ष्मण सापकोटाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कोपिला खरेल सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा निजामति कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष घनाश्याम सापकोटा, वडा नम्बर ५ का वडा अध्यक्ष शिवप्रसाद सापकोटा, संस्थाका निर्वतमान अध्यक्ष गंगाधर सापकोटा, दुग्ध सहकारी संघका प्रतिनिधि गोविन्दप्रसाद सापकोटा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष धरणीधर शर्माको अध्यक्षता, सह–सचिव भक्तिप्रसाद सापकोटाको स्वागत र सचिव लक्ष्मण सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । साधारणसभाले पुनः गोविन्दप्रसाद सापकोटालाई दुग्ध सहकारी संघ प्रतिनिधीको रुपमा चयन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *