बागलुङका व्यवसायी श्रेष्ठद्धारा फुड बैंकमा ५० बोरा चामल सहयोग

आदर्श अनलाइन
बागलुङ

गण्डकी प्रदेशमै प्रतिष्ठित व्यवसायीको परिचय बनाएका कमल श्रेष्ठले बागलुङ नगरपालिकाको फुड बैंकमा ठुलो परिमाणमा खाद्य सामग्री सहयोग गरेका छन् ।

बागलुङ बजारमा प्रधान ब्रदर्श मार्फत लामो समयदेखि खाद्य सामग्री बिक्री बितरण गर्दे आएका श्रेष्ठले फुड बैंक मार्फत समस्या परेका नागरिकलाई राहत स्वरुप ५० बोरा चामल प्रदान गरेका हुन् ।

नगरपालिकाले बागलुङ जेसीससँगको सहकार्यमा फुड बैंक सञ्चालन गरेको छ । फुड बैंकमा संकलित खाद्य सामग्री सकिन लागेको जानकारी आए पछि आँफुले ७० हजार बराबरको खाद्य सामग्री प्रदान गरेको व्यवसायी श्रेष्ठले बताए । ‘यो बेला विश्भर कोरोनाको समस्या र संकट देखिएको छ,’ श्रेष्ठले भने–‘म जिल्लामा खाद्य सामग्रीको अभाव हुन नदिन लागिरहेको छ । यसका साथै व्यवसायीको सामाजिक उत्तरदायित्व पनि बोध गरेर यो सहयोग गरेको हुँ ।’ श्रेष्ठले चिनी, चामल लगायतका खाद्य सामग्री बागलुङका अतिरिक्त गण्डकी प्रदेशका पोखरा लगायतका जिल्लामा पनि व्यवसायिक कारोवार गर्दै आएका छन् ।

फुड बैंकमा बिभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग गर्दै आएका छन् । फुड बैंक मार्फत बिशेष गरी दैनिक मजदुरी गर्ने श्रमिक मजदुर, गरिब, बिपन्न समुदायलाई वडा कार्यालयको सिफारिसमा सहयोग गरिदै आइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *