गलकोटका ५५ जनाको स्वाब परीक्षण

डम्मर बुढा मगर, बागलुङ
गलकोट नगरपालिकामा शुक्रबार ५५ जनाको स्वाब संकलन गरिएको छ ।

केही दिन अगाडी पर्सामा गलकोटबाट गएका १४ मजदुरमा कोरोना पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका स्थानीयहरुको स्वाब परीक्षण गर्न सुरु गरिएको हो ।

स्वास्थ्य संस्था, जनप्रतिनिधि र स्थानीयहरुको कन्ट्याक्ट ट्रेसिङ गरि स्वाब संकलन भइरहेको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

शुक्रबार वडा नम्बर ३ का २६ जना र वडा नम्बर ५ का २९ जना गरि ५५ जनाको स्वाब संकलन गरिएको भण्डारीको भनाई छ ।

स्थानीय, स्वास्थ्यकर्मी र जनप्रतिनिधि गरि करिब १ सय १० जनाको स्वाब परीक्षण गरिने उहाँको भनाई छ । शनिबार स्वाब संकलन कार्य सकिने भण्डारीले बताउनुभयो ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले सबैको स्वाब संकलन गरेर एकै पटक परीक्षणको लागि पोखरा पठाउने बताउनुभयो ।

उहाँले कोरोना पुष्टि भएका नागरिकहरुको सम्कर्पका रहेका नागरिक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिको स्वाब परिक्षण हुने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *