गलकोटका १०९ जनाको स्वाब परीक्षण गरिँदै

डम्मर बुढा मगर, बागलुङ
बागलुङको गलकोट नगरपालिकाका १ सय ९ जनाको स्वाब संकलन गरि पोखरा पठाइएको छ ।

केही दिन अगाडी पर्सामा गलकोटबाट गएका १४ मजदुरमा कोरोना पुष्टि भएपछि उनीहरुसँग सम्पर्कमा आएका गलकोटका केही नागरिकहरुको स्वाप परीक्षण गर्न लागिएको हो ।

उनीहरुको सम्पर्कमा आएका जनप्रतिनिधि ८ जना, स्वास्थ्यकर्मी १६ जना, सुरक्षाकर्मी ४ जना, पत्रकार १ जना, बैंक तथा वित्तीय संस्थाका कर्मचारी ५ र अन्य नागरिक ८७ जान गरी १ सय ९ जनाको स्वाप संकलन गरीएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

शुक्रबार वडा नम्बर ३ का २६ जना र वडा नम्बर ५ का २९ जना गरि ५५ जनाको स्वाब संकलन गरिएको थियो भने शनिबार वडा नम्बर ६ का ७ र वडा नम्बर ५४ जनाको स्वाब संकलन गरिएको भण्डारीको भनाई छ ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले संकलन भएको स्वाब आजै पोखरा परीक्षणको लागि पठाइने बताउनुभयो ।

उहाँले स्वाब संकलन गरिएका नागरिकहरुलाई होम क्वारेन्टाइनमा बस्न लगाइएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *