म्याग्दीमा एम्बुलेन्स कालिगण्डकीमा खस्यो,चालक बेपत्ता

सन्तोष गौतम, म्याग्दी

मुस्ताङको थासाङ गाउपालिकाबाट बिरामी लिन म्याग्दीको बेनी तर्फ जादै गरेको एक एम्बुलेन्स आईतबार दिउसो कालिगण्डकी नदीमा खसेको छ ।

मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रको ग १ झ ३११ नम्बर एम्बुलेन्स जीप अचानक अनियन्त्रित भई म्याग्दीको रघुगंगा गाउपालिका–२ बैसरीको रिठेबोट भन्ने स्थानको बेनी–जोमसोम सडकखण्डबाट करिव ८० मिटर तल कालिगण्डकी नदीमा खसेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङको थासाङ गाउपालिकाकी एक प्रसुती बिरामी डेलिभरी भई डिस्चार्ज भई घर फिर्ता ल्याउने उद्देश्यले बेनीतर्फ जादै गर्दा एम्बुलेन्स दुर्घटना भएको जनाईएको छ ।

दुर्घटनाग्रष्त एम्बुलेन्स जीप र चालकको म्याग्दी प्रशासन , सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि लगायतले खोजी कार्य गरिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालले जानकारी दिए ।

दुर्घटना ग्रष्त एम्बुलेन्स जीपका चालक मुस्ताङको थासाङ गाउपालिका–४ झिप्रा देउरालीका २५ बर्षिय सुजन बिक हुन् । उनी ४ महिना अघि देखि लेते प्राथमिक स्वास्थ्यकेन्द्रको एम्बुलेन्स चालकको काम गर्दै आईरहेका थिए । दुर्घटनापछि चालकको खोजी कार्य शुरु गरिएको स्थानीय र प्रहरीले जानकारी दिएका छ्न ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *