लकडाउन जेठ २० सम्म लम्ब्याउन सिफारिस, निर्णय गर्न मन्त्रिपरिषद बैठक जारी

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले जारी लकडाउनलाई अझै लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको छ।

कोरोना भाइरस संक्रमण बढ्दै गएकाले लकडाउन पनि जेठ २० गतेसम्म लम्ब्याउन पर्ने प्रस्ताव समितिले मन्त्रिपरिषद समक्ष गरेको छ।

यसबारेमा अन्तिम निर्णय भने आजै बस्ने मन्त्रिपरिषद बैठकले गर्नेछ।

‘समितिको आज बसेको बैठकले बन्दाबन्दीले सम्भावित ठूलो संक्रमणलाई काबुमा राख्न सफल भएकाले यसको उपादेयता बाँकी रहेको निष्कर्ष निकालेको छ,’ प्रधानामन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने,’शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी तुल्याउने र आपुर्ति व्यवस्थालाई तथा सेवालाई कमी हुन नदिने गरी बन्दोबस्त गर्दै जाने समेत निर्णय भएको छ।’

क्वारेन्टाइनलाई अझै व्वयस्थित बनाउन स्थानीय पालिकाहरुलाई सहयोग गर्ने समेत निर्णय भएको उनले बताए।

सरकारले पछिल्लो समय थपेको लकडाउन समय भोलि सकिँदै छ। लकडाउनबारे निर्णय गर्न अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *