अमेरिकन आइडलमा उपबिजेता बने नेपाली युवा दिवेश पोखरेल

आदर्श अनलाइन

विश्व चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल ‘आर्थर गन’ दोस्रो बनेका छन्।

उनले सोमबार बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गरेका हुन्।

नेपालीले कलाकारले हासिल गरेको यो ऐतिहासिक उपब्धि हो। पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो। उत्कृष्ट दुईमा आर्थर गन र जस्ट साम छनोट भएका थिए। दिवेश सामसँग पछि परेका हुन्।

गत फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै दिवेशको चर्चा एकाएक चुलिएको थियो। उनी सन् २०१४ मा उच्च शिक्षा अध्ययनका लागि काठमाडौंबाट अमेरिका पाइला टेकेका थिए।

उनी संगीतमा समर्पित भएर लागेको दुई वर्ष मात्रै भएको छ। काठमाडौंको एस कलेज इन्स्टिच्युटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *