समय नयाँ शैक्षिक सत्रको : चिन्ता विद्यार्थीको

अहिले चौतर्फी सन्नाटा छ । जिल्लाका बिद्यालय सुनसान जस्ता छन् । बिद्यालय सञ्चालक, शिक्षक, विद्यार्थी घर भित्र छन् । आखिर कोरोना संकटमा तयारी के छ र अब के हुनुपर्छ ? सरोकारवाला सहितको शैक्षिक बिमर्शः आदर्श अनलाइनको एक प्रयास ।

सामान्य अवस्थामा यो समयमा नयाँ शैक्षिक सत्रको शुरुवात सहित भर्ना अभियानको लहर हुन्थ्यो । बिद्यालयहरु बिद्यार्थी आकर्षित गर्न अनेक बिज्ञापन सहित घरदैलोमा समेत गइरहेका हुन्थे । तर, अहिले चौतर्फी सन्नाटा छ । जिल्लाका बिद्यालयहरु सुनसान जस्ता छन् । बिद्यालय सञ्चालक, शिक्षक, विद्यार्थी घर भित्र छन् । आखिर कोरोना संकटमा अबको शिक्षाबारे के तयारी गर्दैछन् ? जिल्ला स्थित सरकारी निकाय, प्याव्सन, एनप्याव्सन, जिल्ला शिक्षा कार्यालय के गर्दैछन् ? अबको विकल्प या सम्भावनाहरु केके हुन सक्छन् ? धौलागिरी जागरण दैनिक एवम् आदर्श अनलाइनकर्मी साधना पन्तले जिल्लाका सरोकारवाला निकायका प्रमुखसँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

कुश्मराज उपाध्याय
प्रमुख
जिल्ला शिक्षा समन्वय इकाईको कार्यालय, बागलुङ


शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नै निर्देश दिए बमोजिम हामीहरुले काम गरेका छौ । र सम्पूर्ण विद्यालयहरुले परीक्षाको नतिजा प्रकाशन गरिसकेका छन् । लकडाउन लम्बिइरहेको छ । छिट्टै विद्यालयहरु सञ्चालन गर्न सकिने अवस्था नभएकाले हामीहरुले बालबालिकालाई पढाइमा निरन्तरता दिने कुरामा सम्पूर्ण पालिकाका साथीहरुसँग कुराकानी गरिरहेका छौ । उहाँहरुलाई एसइई दिने विद्यार्थीलाई शिक्षकहरुले पहिलेनै नोट दिनु भएको छ । उनीहरुसँग किताबहरु पनि छ । एनटिभी प्लसबाट पनि एसइई दिने विद्यार्थीहरुको सहजीकरणका लागि दिउँसो ११ बजेदेखि ३ बजे सम्म कक्षा सञ्चालन गरिराखेको छ । बरेङ गाउँपालिका र जैमिनी नगरपालिकाले पनि रेडियो मार्फत एसइई दिने विद्यार्थीहरुलाई पढाई राखेका छन् । हामीहरुले अरु पालिकाहरुमा पनि कुरा गरेका छौ तर उहाँहरुले यस्तो तयारी कक्षा सञ्चालन गर्नु भएको छैन । मानव सेवा विकास केन्द्रले ४५ दिने वर्क बुक तयार गरेको छ । त्यो बुक बरेङ गाउँपालिकाले जस्ताको त्यस्तै छपाई गरेर आँफ्नो पालिकाको सबै विद्यालयमा पठाइ सकेको छ । तर, अरु पालिकालाई हामीहरुले सल्लाह दिएका छौ । उहाँहरुले गरेको पाइएको छैन । कतिपय विद्यालयले उपल्लो कक्षाका विद्यार्थीहरुको पुस्तक तल्लो कक्षाका विद्यार्थीलाई दिएर गृहकार्य गराएको पाइएको छ ।

हामीहरुले अनलाइन कक्षाको विषयमा पनि सोचेका थियौ । तर, यो सवै स्थानमा सम्भव नभएकाले यो त्यति प्रभावकारी हुने छैन । गर्नै नहुने भनेको त होईन । यो अनलाईन शिक्षा सम्भव हुने विद्यालयमा पढाउन सकिन्छ तर सवै विद्यार्थीहरु इन्टरनेटको पहँुचमा नहुन पनि सक्छन् । त्यसकारण यो अनलाइन शिक्षा अनौपचारिक रुपमा चलाउन पर्ने हुन्छ । भोली कुनै विद्यार्थीले मलाई शुरुबाटै किताव पढाउनु भने पछि शिक्षकले पढाउनु पर्ने हुन्छ । र अनलाइन शिक्षा लिएको भन्दैमा अभिभावकसँग शुल्क असुली गर्न पाइने छैन । अहिले विद्यार्थीहरुको कोष अगाडी बढाउने भन्दा पनि शिक्षण सिकाईलाई निरन्तरता, अभ्यास गराउने कुरा हो ।

हामीहरु विद्यार्थीहरुलाई कसरी पढाउने भनेर हामीहरु विकल्प खोज्दै छौ । त्यस कारणले विद्यार्थीहरु सुरक्षित बसी आँफुले अतिरिक्त क्रियाकलापहरु गर्न सकिने घरमै बसेर पनि नेट इन्टरनेटको पँहुचमा भएको विद्यार्थीहरुले अनलाइनमा राखिएको छ । ती किताबहरु पनि पढ्न सक्नुहुनेछ । हामीले बागलुङका पुस्तक विक्रेताहरुसँग पनि छलफल गरेका छौ । र पुस्तकहरु ल्याएर विद्यालयलाई उपलब्ध गराउन भनिसकेका छौं ।

नेत्र न्यौपाने
अध्यक्ष
एन-प्याव्सन

हामीहरु शुरु–शुरुका दिनहरुमा त लकडाउन त्यति लामो नहोला भनेर केही गरेनौ । तर पछिल्ला दिनहरुमा लकडाउन थपिदै गएपछि त्यसको प्रभावलाई केही रुपमा न्युनिकरण गर्नका लागि सम्पूर्ण विद्यार्थीहरुलाई सिकाइ सँग जोडी रहनु पर्छ भनेर विद्यालयसँग छलफल गर्दा यातायात लकडाउन हुन्छ, कलकारखाना लकडाउन हुन्छन् तर विद्यार्थीहरुको दिमाख लकडाउन हुन सक्दैन भन्ने कुरालाई मनन गर्दै अनौपचारिक रुपमा अभिभावकहरुलाई फोन मार्फत विद्यार्थीहरुलाई चेतनात्मक ढङ्गले आँफ्नै करेसाबारीमा काम कसरी गर्ने ? चित्रकला जस्ता काममा व्यस्त बनाउनका लागि अभिभावकहरुलाई लगाएका छौ । अहिले विद्यार्थीहरुलाई शिक्षकहरुले जुनकुनै माध्यमबाट पनि हप्ताको दुई पटक बैकल्पिक शिक्षाको तौरतरिकाबाट काम गर्दै आइरहेका छौ । अहिले कोरोनाले माहामारी लिएको छ तर शिक्षक र विद्यार्थीहरुले अवसरको रुपमा लिएर प्रविधीमैत्री बनाउने मौका पाएका छौ । हामीहरुले सधै किताबका पानाहरु पढाएका थियौ । अहिले विद्यार्थीहरुलाई जिवनलाई कसरी सरल बनाउने जस्ता कुरालाई त्यो वातावरण बनाउनका लागि सम्पूर्ण विद्यालयलाई निर्देशन दिएका छौ ।

अहिले विश्वका सवै बालबालिका लकडाउनमा हुनु हुन्छ त्यसकारणले पढाएको समय मात्र रोकिएको छ । जहाँबाट समय रोकिएको छ, त्यहीबाट हामीहरुले पढाई सञ्चालन गर्ने भएकाले त्यसकारणले विद्यार्थी भाईबहिनीलाई मैले के भन्न चाहन्छु भने तपाईहरु नआत्तिकन सुरक्षित रुपमा आँफ्नो घरमै बस्नका लागि अनुरोध गर्दछु । घरमा बसेर सिकेका कुराहरु धेरै गुण व्यवहारिक भएकाले उनीहरुको यो लकडाउनको सिकाईले भविष्यनै उज्वल हुने विश्वास लिएको छु ।
विद्यालयको एक मात्र आर्थिक श्रोत भनेको विद्यार्थीहरुको मासिक शुल्क भएका कारणले गर्दा अहिले शिक्षकहरुको तलबको विषयमा केही कुराकानी भएको छैन । किनकी विद्यार्थीहरुलाई नपढाए पछि शुल्क लिने कुरा हुँदैन । अवस्था लम्बिदै गएमा हामीहरुले के गर्ने भन्ने शिक्षक साथीहरुसँग समन्वय गरेर बालबालिकालाई केही सिकाइयो भने अभिभावकहरुले पनि केही गर्नुहुन्छ भन्नेछ ।

रविप्रसाद पौडेल
अध्यक्ष
प्याव्सन, बागलुङ

कोरोनाको कहरले गर्दा विद्यालयहरु खोल्ने वातावरण नरहेको हुनाले सम्पूर्ण प्याव्सनका मातहतमा रहेका विद्यालयलाई हामीहरुले सम्भावना रहे सम्म विद्यार्थीका अभिभावकहरु सँग सम्र्पकमा रहनका लागि भनेका छौ । विद्यार्थीहरुलाई घरमा राखेर अतिरिक्त क्रियाकलाप सिकाउनका लागि अभिभावकहरुलाई भनेका छौ । प्याव्सनका ११,१२ कक्षा सञ्चालन गरेका विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरिरहनु भएको छ । तर यो अनलाइन कक्षा त्यति प्रभावकारी भएको हामीहरुले मानेका छैनौ । किनकी सवै विद्यार्थी भाईबहिनीहरु इन्टरनेटको पहुँचमा नरहेको हुनाले केही विद्यार्थीहरुले मात्र अनलाइन कक्षा लिएको पाईएको छ । सम्पूर्ण कक्षा अनुसारको पुस्तकहरु विद्यालयले विद्यार्थीको टोल टोलमा पुस्तकहरु पु¥याउने कि भनेर हामीहरु कुराकानी गरिरहेका छौ । हामीहरुले असार मसान्त सम्म विद्यालयहरु खोल्ने वातावरण कम देखेका छौ । त्यसकारणले गर्दा हामीले अभिभावकहरुलाई त्यही खालको सुचना पनि दिएर ढुक्क साथ विद्यार्थीहरुलाई घरमै राख्न भनेका छौ । माथिल्लो तहबाटै हामीहरुलाई सर्कुलेशन भए अनुसार १८० दिन विद्यालयमा पढाई हुने दिन भएकाले साउनको १ वा साउनको १५ गतेदेखि स्कुल सञ्चालन गरे पनि हामीहरुले सार्वजनिक विदा नदिने र दशै तिहारमा पनि १,२ दिन विदा दिएर कक्षा सञ्चालन गर्ने, समय व्यवस्थापन गरेर विहान ९ बजेदेखि ५ बजे सम्म गर्ने यी लगायत हामीहरुले योजना बनाएर अगाडी बढेमा समयमै विद्यार्थीहरुको कोष पुरा हुनेछ । लकडाउन अझै धेरै भयो भने हामीहरु पुनः सवै विषयमा छलफल चर्चा गरेर समय तालिका निर्माण गर्ने योजना छ ।

शिक्षक, कर्माचारीको तलबको विषयमा सरकारले राहातको घोषणा गर्दा चैत महिनाको शुल्क निशुल्क गर्न भनिएको थियो । विद्यालयमा आश्रित शिक्षक, कर्मचारीहरु जसले त्यही विद्यालयले दिएको तलबबाट आफ्ना बालबच्चा, पढाउने र आफ्नो रोजीरोटीको व्यवस्था गर्ने गरेका छन् । जब विद्यार्थीहरुबाट शुल्क उठाइदैन भने शिक्षक, कर्मचारीलाई तलब कसरी दिने भनेर प्याब्सनले माग गरेपछि सरकाले त्यो निर्णयलाई सच्याएर चैत महिनाको भनेर नभनेको र एक महिनाको विद्यार्थीलाई निशुल्क गरिदिनुहोस् भनेर भनिएको छ । अहिले बैशाखमा हामीहरुले विद्यालय सञ्चालन गरेका पनि छैनौ । र विद्यार्थीहरुको पढाई नभए पछि अभिभावक सँग शुल्क माग्ने स्थिति पनि नरहेकाले हामीहरुले औपचारिक रुपमै शिक्षकलाई तलव दिन्छौ या दिदैनौ भनेर भनिएको छैन । हामीहरुले शिक्षकलाई तलव दिने भनेको विद्यार्थीहरुलाई पढाए बापत मासिक शुल्क लिएका पैसा शिक्षकलाई तलब दिने हो । अहिले मासिक शुल्क नलिएकाले शिक्षकलाई तलबको विषयमा अझै कुरा टुंगिएको छैन । हामीहरुले विद्यार्थीहरुको एक वर्षको कोष पुरा गर्ने शर्तमा भोली अभिभावकहरु सँग बसेर छलफल गरेर शिक्षकले आफ्नो जिम्मेवारी पुरा गरे पछि अभिभावकले पनि आफ्ना बालबच्चाको एक सेसन सम्पन्न भएको भनेर १२ महिनाको शुल्क दिनुहुन्छ भन्नेमा हामीहरु बिश्वस्त छौ । विद्यालयले आफ्नो जिम्मेवारी पुरा गरे पछि प्राबधानमै शिक्षा ऐन र शिक्षा नियमावली मानि १२ महिनाका शुल्क लिन पाईने लेखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *