निसीखोला गाउँपालिका सिल गरिने

आदर्श अनलाइन, बागलुङ

निसीखोला गाउँपालिका पालिकालाई सिल गरिने भएको छ ।

कोरोना भाइरसको उच्च जोखिम बढ्दै गएपछि गाउँपालिका प्रवेश गर्ने नाकाहरु सिल गरिने गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकामा आज बसेको सर्वदलिय बैठकले पालिका प्रवेश गर्ने नाका सिल गर्ने, प्रत्येक वडामा क्वारेन्टाइन निर्माण गर्ने लगायतको निर्णय गर्ने अध्यक्ष पौडेलको भनाई छ ।

प्रकोप कोषलाई बढाउँदै फुड बैँक स्थापना गर्ने, तेश्रो मुलकबाट आउने पालिकाका नागरिकलाई दुई हप्ता अनिवार्य क्वारेन्टाईनमा राख्ने समेत निर्णय भएको उहाँको भनाई छ ।

गाउँपालिकाका नाकाहरुलाई भोलीदेखिनै पूर्ण रुपमा सिल गर्ने र पालिकाका सबै नाकामा कडाई गरिने पौडेलको भनाई छ । बाहिरी जिल्लाबाट र भारतबाट आउनेहरु बढ्न थालेपछि नाकामा गडाई गर्न लागिएको हो ।

त्यस्तै बैठकले एम्बुलेन्स लगायत अत्यावश्यक सवारीका साधन बाहेक अन्य सवारी चल्न नदिने, हाल, गरिब विपन्न परिवारलाई दोश्रो पटक राहात गरिने गाउँपालिकाले जनाएको छ ।

फुड बैँक स्थापना गरी पालिकाद्धारा स्थानीय स्तरमा उत्पादित खाद्य बस्तु जम्मा गर्ने र सहयोग गर्न चाहानेलाई समेत बैँकमा खाद्यान्न जम्मा गर्न गरेको । भारतबाट आएका दुई जनालाई क्वारेन्टाइनमा राखिएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *