स्वास्थ्यकर्मीलाई स्वाब संकलन र सुरक्षा सम्बन्धि प्रशिक्षण

आदर्श अनलाइन, बागलुङ

स्वास्थ्य कार्यालय बागलुङले दश वटा पालिकाका स्वास्थ्यकर्मीहरुलाई स्वाब संकलन गर्ने सम्बन्धि प्रशिक्षण दिएको छ ।

बागलुङका दशै वटै पालिकाका १/१ जना स्वास्थ्यकर्मीलाई स्वाब संकलन कसरी गर्ने, आरटिडी परीक्षण कसरी गर्ने र आफू कसरी सुरक्षित भएर काम गर्ने विषयम प्रशिक्षण दिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्यकर्मीहरुलाई पीपीईको प्रयोग र प्रयोगपछि त्यसको डिस्पोज (नष्ट) कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको बताउनुभयो ।

जिल्लामा विदेशबाट आउनेहरुको संख्या बढी हुने हुँदा हरेक पालिकाका स्वास्थ्यकर्मीहरुले आफ्नो पालिकाको आफै स्वाब संकलन र जिल्लासम्म कसरी पठाउने भन्ने विषयमा सिकाइएको उहाँको भनाई छ ।

प्रत्येक पालिकाका १० जना, धौलागिरी अस्पतालका १२ र निजी हस्पिटलका स्वास्थ्यकर्मी लगायत ३० जनालाई प्रशिक्षण दिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

उनीहरुलाई गण्डकी मेडिकल कलेजका डा. रञ्जित रेग्मी र स्वास्थ्य निर्देशनालय पोखराकी शुशीला कार्कीले प्रशिक्षण दिएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *