अब बुर्तिबाङमै आरडिटि किट मार्फत कोरोना परीक्षण हुने

सुमन सुनार, बुर्तिबाङ

बागलुङ जिल्लाको पश्चिम बुर्तिबाङ बजार स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आजदेखि ¥यापिड डायग्नोेष्टिक टेष्ट (आरडिटि) किट मार्फत कोरोना भाइरस परीक्षण हुने भएको छ ।

स्वास्थ्य कार्यालय बागलुङले स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिएसंगै ¥यापिड डायग्नोेष्टिक टेष्ट किट उपलव्ध गराएपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पनि कोरोना परीक्षण हुने भएको हो ।

स्वास्थ्य कार्यालय बागलुङले पहिलो चरणमा २० थान आरडिटि किट उपलव्ध गराएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रकाल्याव असिष्टेन्ट किसान साहीले बताउनुभयो ।

आज ढोरपाटन नगरपालिका नगर प्रमुख देवकुमार नेपालीले स्वास्थ्य केन्द्रका ल्याव टेक्नीसियनसंग कोरोनाको नमूना परीक्षण गरेर बुर्तिबाङमा ¥यापिड टेष्ट किटबाट कोरोना परीक्षणको सुरुवात गर्नुभएको थियो । नगर प्रमुख नेपाली सहित अन्य २ जनामा पनि नमूना परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको ल्याव असिष्टेन्ट शाहीले बताउनुभयो ।

कोरोना परीक्षणपछि बोल्दै नगर प्रमुख नेपालीले कोरोना महामारीको समयमा भाईरस रोकथाम तथा न्यूनिकरणमा अब शंकास्पद व्यक्तिहरुको स्वास्थ्य परीक्षणमा सहजता हुने अपेक्षा लिएको बताउनुभयो । यस क्षेत्रमा विदेशबाट आएका र कोरोना प्रभावित जिल्लाबाट आएकाहरुमा आरडिटि टेष्टलाई तिब्रता दिईने नगर प्रमुख नेपालीले बताउनुभयो । बाहिरबाट आएकाहरुको तुरुन्त पहिचान गरी कोरोना परीक्षणका लागि सम्बन्धीत निकायमा थप आरडिटि किटको माग गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।

ढोरपाटन नगरपालिकाले कोरोना संक्रमण तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको भन्दै नगर प्रमुख नेपालीलेहुनसक्ने जोखिमलाई ध्यानमा राख्दै नगरपालिकाले १ सय थान पीपीई र १० हजार थान मास्क मौज्दात राखेको बताउनुभयो ।

आरडीटी जाँचमा पोजेटिभ भएमा थप जाँचका लागि स्वाब संकलन गरेर पिसिआर जाँचका गर्न पठाईने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । गर्भवती र लागूपदार्थको सेवन कर्ता पत्ता लगाउन गरिने जस्तै रगतको नमूनाबाट गरिने परीक्षण ¥यापिड टेष्ट भएको स्वास्थ्यकर्मीको भनाई छ । ¥यापिड टेष्ट मार्फत छिटो र सानो किटबाट परीक्षण गर्न सकिने भएकोले १० देखि १५ मिनेटमै उक्त किटले एक जनाको रगत परीक्षण गर्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *