भारतबाट आउने नागरिक बढेपछि गलकोटमा व्यवस्थित क्वारेन्टिन

आदर्श अनलाइन, गलकोट

भारत तथा अन्य मुलकबाट आउने नागरिकहरुलाई व्यवस्थापनका लागि बागलुङको गलकोट नगरपालिका वडा नम्बर ३ हटियामा १५ शैयाको क्वारेन्टिन निर्माण गरिएको छ ।

विश्व व्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण वडा भित्र फैलिन नदिन क्वारेन्टिन निर्माण गरिएको गलकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष वीरगंज भण्डारीले जानकारी दिनुभयो ।

देश तथा विदेशमा रहेका वडा भित्रका नागरिक र बाहिर बाट वडामा आउने नागरिकहरु लाई लक्षित गरी गलकोट बहुमुखी क्याम्पसमा क्वारेन्टिन निर्माण गरिएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।

गलकोट नगरपालिकाको प्रत्येक वडामा क्वारेन्टिन निर्माण गर्ने निर्णय अनुरुप यो कार्य अगाडि बढाइएको वडा सदस्य झहर बहादुर खत्रीले जानकारी दिनुभयो । बाहिर बाट वडामा आउने नागरिकहरु लाई सुरक्षित रूपमा राखी वडा भित्र कोरोना भाइरसको संक्रमण फैलिन नदिन यो कार्यले सहजता प्रदान गर्ने बागलुङ उद्योग वाणिज्य संघ गलकोट इकाइका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताउनु भयो ।

क्वारेन्टिनमा त्यहाँ राखिने नागरिकको लागि आवश्यक पर्ने सामग्रीहरू समेत उपलब्ध गराइएको छ । उनीहरूलाई सबै व्यवस्थापन वडाले गर्ने बताइएको छ । समय समयमा उनीहरूको स्वास्थ्य जाँच समेत गरिने वडाले जनाएको छ । क्वारेन्टिन निर्माण भए सँगै वडा भित्र देश तथा विदेशबाट आउने नागरिकहरुलाई व्यवस्थापन गर्न सहज भएको छ ।

बाहिरबाट आउँदा कोरोना भाइरसको संक्रमणको जोखिम पनि समुदायमा बढन सक्ने सम्भावना लाई मध्यनजर गर्दै यो कार्य गरिएको बताइएको छ । पछिल्लो समय गलकोट नगरपालिकामा छिमेकी राष्ट्र भारत सँगै विभिन्न सहरहरूबाट नागरिकहरु भित्रिने क्रम पनि विस्तारै बढ्न थालेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *