बडिगाडका आगलागी परिवारलाई सहयोग जुट्दै

बागलुङ
बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौरमा केही दिन अगाडी आगलागी हुँदा घरगोठ जलेर नष्ट भएका पीडित परिवारलाई सहयोग जुट्न थालेको छ ।

गत जेठ ७ गते मदिराले मातिएका सुरज कुमालले घर गोठमा आगजनी गरेका थिए । आगजनीबाट घर गोठ जलेर नष्ट भएको थियो । घर गोठ जलेर नष्ट भएपछि कुमालको परिवार बिचल्लीमा परेको छ ।

उनीहरुको लागी विभिन्न संघ संस्थाहरुले सहयोग जुटाउन थालेका छन् । आज गलकोटको दिप ज्योति युवा परिवार बडिगाड २ को समन्योयमा राहात सामग्री प्रदान गरेको छ ।

स्वयंसेवी समूह गलकोट ३ का संयोजक विष्णु रेग्मी र सदस्य पदम श्रेष्ठद्वारा ६० केजी चामल, १÷१ थान बाल्टी, ओदान लगायत भान्छाकोठाका लागि आवश्यक सामग्री र खाद्यान्न हस्तान्तरण गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *